नेपाली कांग्रेसका भातृ संगठनहरुले बेनीमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरेका छन् नेपाल राष्ट्रिय मगर संघको समन्वय तथा कांग्रेसका भातृ संगठनहरु्रको आयोजनामा सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका हुन् ।

असंबैधानिक रुपमा जनमतको अपमान गरेर संसद बिघटन गरेको सरकारले जनताको आवाज नसुनेकाले सांकेतिक रुपमा घण्टी बजाएर बिरोध जनाएको मगर संका अध्यक्ष हिरा पुनले बताए । बेनी बजार परिक्रममा गरेपछि जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाली काँग्रेस म्याग्दीका पुर्ब सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले सरकार बनाउन नसकेको अवस्थामा मात्र संसद बिघटन गर्न मिल्ने संबैधानिक ब्यवस्था बिपरित प्रधानमन्त्री ओलीले कदम चालेको बताए । उनले आफ्नो पार्टीभित्रको बिवाद मिलाउन नसकेर सनकको भरमा संसद बिघटन गर्ने सरकारको कदम सच्चाउन सर्बत्र दवाव सिर्जना गर्नुपर्ने बताए ।

सभामा महासमिति सदस्य तथा महिला संघका सभापति बिमला गौचन,तरुण दलका अध्यक्ष मुकुन छन्त्याल, दलित संघका उपाध्यक्ष बालकुमार बिक, बागबिर दर्जी, प्रजातन्त्र सेनानी संघका अध्यक्ष गुनबहादुर भण्डारी लगायतले सम्बोधन गरेका थिए । नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष पुनको अध्यक्षता, नेबिसंघका सचिव सुजाता खत्रीको सञ्चालन र मगर संघका उपाध्यक्ष चन्द्र पुर्जाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो

Leave a Reply