नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा खुमबहादुर बानियाँलाई चयन गरेको छ । आयोगको विज्ञ तर्फको सदस्यमा दिवाकुमार पुन तिलिजा र सदस्य पुष्कर विक रहेका छन् ।

आयोगको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका जिल्लास्तरीय नेता तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति समेत हुन् । भारतीय सेनाबाट आबकाश पछि राजनीति, सामाजिक र कृषि पेशामा आवद्ध बानियाँले स्नातकोत्तरसम्मको शिक्षा समेत पुरा गरेका छन् ।

समितिका विज्ञ तर्फकी सदस्य तिलिजा पुन मिलन म्याग्दी नामक गैर सरकारी संस्थाकी कार्यकारी अधिकृत तथा महिला अभियान्ता हुन् भने अर्का सदस्य विक नेकपाका नेता एवम् कृषि क्षेत्रमा सक्रिय छन् । विक तत्कालिन नेकपा माओवादीको जनयूद्धका कमाण्डर समेत थिए ।

यसअगाडी भूमिसम्बन्धी समस्या समाधान आयोगले म्याग्दीका ६ वटै स्थानीय तहका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा, अब्यवस्थित बसोबासलाई ब्यवस्थित बनाउन स्थानीय तहसँग सम्झौता समेत गरिसकेको छ ।

आयोगले स्थानीय तहबाट प्राप्त हुने विवरणको बास्तविकतालाई हेरेर भूमिहीनलाई घडेरी उपलब्ध गराउने र जसले जुन जग्गा उपभोग गरिरहेका छन् सोही जग्गाको जग्गाधनी बनाउने नीति लिएको छ । म्याग्दीमा सबै स्थानीय तहमा भूमिहिन, सरकारी जग्गामा अब्यवस्थित बसोबास रहेको छ ।

 

Leave a Reply