सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधव प्रसाद रेग्मी चयन हुनुभएको छ । शुक्रबार सम्पन्न २१ औ वार्षिक साधारणसभा तथा १० औ अधिबेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ संचालक समिति चयन गरेको हो ।संचालक समितिको उपाध्यक्षमा रमेश गिरि ,सचिवमा राजेन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा टंक हमाल चयन हुनुभएको छ । सदस्यहरूमा यजनलाल शाक्य, डिलकुमारी पुर्जा, सिर्जना श्रेष्ठ, पुष्पा थापा र सुदर्शनकुमार श्रेष्ठ चयन हुनुभएको छ । अधिबेशन को बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उहाँले संस्थाले बजारबासीलाई खानेपानीको सहज उपलब्धता गराउन खेलेको भूमिका रचनात्मक रहेको बताउँदे आगामी दिनमा थप व्यवस्थित खानेपानीको उपलब्धता हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा यस संस्थाले बेनी नगरपालिका, ७ र ८ बेनी बजार र वडा नम्बर २ हाँडेभिर क्षेत्रमा गरि १ हजार ६७ घरधुरीका करिब २० हजार जनसंख्यालाई खानेपानी आपूर्ति गर्दै आएको जानकारी गराईएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले संस्थाको सम्पूर्ण पक्षको बारेमा, सचिब रमेश गिरीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष टंक हमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply