म्याग्दीको सदरमुकाम बेनीको कालिपुल बसपार्कमा भगवान् शिवको स्वर्ण स्तम्भको उद्घाटन गरिएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको स्वर्णजयन्तीको अवसरमा निर्मित स्तम्भको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार विहान उद्घाटन गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले साढे ३ लागतमा करीब ७ फिट अग्लो स्तम्भ सदरमुकाम बेनीमा प्रवेश गर्नेको आर्कषक बन्ने अपेक्षा गरिएको छ ।

स्तम्भ उद्घाटन कार्यक्रममा म्याग्दीमा प्रजिअ उमाकान्त अधिकारी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कमाचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ लगायतको उपस्स्थिीत रहेको थियो ।

म्याग्दी उवासंघका अध्यक्ष कर्माचार्यले शिवको मूर्तीमा थप केही परिवर्तन समेत गरिने समेत बताए । स्तम्भको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले शिलान्यास गरेका थिए। संघले बेनी नगरपालिका र प्रवासी म्याग्देलीसँगको साझेदारीमा बेनीदेखि लभ्लीहिल जाने पदमार्गमा समेत निर्माण गरेको थियो ।

नयाँ नेतृत्व चयन गदैं
उवासंघको शनिबार सम्पन्न हुदैं गरेको ११ औं अधिबेशन तथा २७ औं साधारणसभाले नयाँ नेतृत्व समेत चयन गदैंछ । करिब २२ सय साधारण सदस्य रहेको उद्योग वाणिज्य संघको अधिवेशनले पदाधिकारी सहित ३७ सदस्यीय कार्यसमिति चयन गर्ने छ । संघको अधिवेशन अगाडि संघ अन्तर्गत स्थानीय तहमा रहेका इकाई र महिला उद्यम विकास समितिको अधिवेशन समेत सकिएको छ ।

यसपटक पनि सहमतिमै अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु चयन हुने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् । अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालको नाम सर्वसम्मति भएको छ भने अन्य पदाधिकारीहरु समेत सहमतिकै आधारमा चयन गरिने जनाइएको छ । उवासंघलाई म्याग्दीमा निजि क्षेत्रको एक बलियो संस्थाका रुपमा लिने गरिन्छ ।

Leave a Reply