म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतम र सन्तोष गौतम सम्मानित भएका छन् ।

शनिबार सदरमुकाम बेनीमा आयोजित साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्मचार्यले नगद २५ हजार रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरेका छन् ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा सम्पन्न भएको म्याग्दी भ्रमण बर्ष २०७५ को अवसरमा अनलाइन तथा विभिन्न सञ्चार माध्यम मार्फत जिल्लाको पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार द्धायलाई सम्मान गरिएको हो ।

म्याग्दीमा विभिन्न विधामा कलम चलाउने हरिकृष्ण गौतम बेनी अनलाइनका संस्थापक सदस्य एवम् प्रधानसम्पादक, बेनी साप्ताहिका प्रकाशक, नागरिक दैनिक र न्यूज २४ टेलिभिजनमा म्याग्दी संवाददाता छन भने सन्तोष गौतम रिखार राष्ट्रिय दैनिकका प्रकाशक, धौलागिरी खवर डटकमका सम्पादन, सगरमाथा टेलिभिजन र अन्नपूर्ण राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

म्याग्दी उवासंघका अध्यक्ष कर्माचार्यले कलमको माध्यमबाट नीजि क्षेत्रका गतिविधि सहित पर्यटन, धार्मिक लगायतका पक्षमा कलम चलाएर पत्रकारिता क्षेत्रको शीर उच्च बनाएको बताउँदै प्रोत्साहन स्वरुप सम्मान गरिएको बताए ।

Leave a Reply