प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा शनिबार ट्रेड युनियन कांग्रेसमा आबद्ध पेशाकर्मीहरुले म्याग्दीको सदरमुकाम बेनीमा प्रदर्शन गरेका छन् ।  ट्रेड युनियन कांग्रेसको अगुवाईमा काङ्ग्रेस निकट २४  वटा  पेशागत संघ संस्थाले झरीमा रुझ्दै प्रतिनिधिसभा विघटन बिरुद्ध विरोध कार्यक्रम गरेका  हुन् ।

बेनीस्थित बिरेन्द्रचोकमा नेपाल ट्रेड यूनियन कांग्रेसले संयोजन गरेको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले संसद विघटनले लोकतन्त्रको अपहरण भएकाले आन्दोलनलाई थप शसक्त बनाउने बताए । उनले विरोधका कार्यक्रमहरुलाई जनताको घरदैलोमा लैजान आवश्यक रहेको बताए । त्यस्तै महासमिति सदस्य चिरञ्जीवि शर्माले आन्दोलनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन आवश्यक रहेको बताए । उनले जनतालाई प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको चर्को विरोध गर्न समेत अपिल गरेका छन् ।

विरोध कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीमा आवद्ध रहेका सबै भात्रृसंगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता ट्रेड यूनियन कंग्रेसका सभापति कोमलप्रसाद ढुंगाना र सञ्चालन जिवन पौडेलले गरेका थिए । म्याग्दीका कांग्रेसले केन्द्रिय कार्यक्रम अन्तरगत टोलस्तरमा विभिन्न दवावमुलक कार्यक्रमसँगै संगठन विस्तारलाई समेत संगसंगै लगेको छ ।

Leave a Reply