?????????????????????????????????????????????????????????

तथ्यांकअनुसार विश्वमा १ करोड ८१ लाख नयाँ क्यान्सरका रोगीहरू रहेको मानिएको छ । तीमध्ये वार्षिक ९६ लाखको मृत्यु हुने गर्दछ । नेपालमा क्यान्सर रोगीको तथ्यांक ६० हजारको हाराहारीमा रहेको छ । त्यसमा प्रत्येक वर्ष करिब २६ हजार थपिने गर्दछन् । तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले हरेक ६ मृत्युमध्ये १ मृत्यु क्यान्सरबाट हुने बताउँछ । बालबालिकामा विश्वमा झन्डै ९० प्रतिशत क्यान्सर निको हुने भए पनि नेपालमा कान्ति अस्पतालमा ७० प्रतिशतसम्म मात्र निको भएको देखिएको छ । वार्षिक १ हजार ५ सय बालबालिकामा क्यान्सर हुने गरे पनि उपचारको पहुँचमा ४ सय मात्र छन् ।

नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा वार्षिक ४० अर्ब बढी खर्च र कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशत खर्च हुने गरेको छ । अध्ययनमा प्रमुख रोगमा क्यान्सर र श्वासप्रश्वाससम्बन्धी छ । क्यान्सर उपचारमै १६ प्रतिशत बिरामीले जायजेथा गुमाउन परेको र उपचार खर्चमा वार्षिक औसत आम्दानीभन्दा ५ गुणा बढी देखाएको छ ।

क्यान्सर उपचारमा ८६ प्रतिशतले आर्थिक कठिनाइ भोग्न बाध्य छन् भने १४ प्रतिशत ऋण लिन बाध्य छन् । सरदर साढे ३ लाख बढी खर्च उठने गर्छ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने रोगको उपचारमा वार्षिक ४० अर्ब अर्थात् कुल गार्हस्थ्यय उत्पादनको १.५ प्रतिशत खर्च हुने गरेको छ

विश्वको ठिक उल्टो नेपालमा पुरुषभन्दा महिलामा बढी क्यान्सर भएको एक अध्ययनले देखाएको छ । क्यान्सरसम्बन्धी उपचार हुने ८ अस्पतालमा सन् २००३ देखि २०१२ सम्ममा उपचार भएका ५६ हजार १३ जनाको अध्ययनबाट उक्त निष्कर्ष निकालिएको हो । कुल बिरामीमध्ये ५३.४ प्रतिशत महिला र ४६.६ प्रतिशत पुरुष थिए ।

अधिकांश महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर पाइएकोमा पाठेघरको मुखको क्यान्सर भएकामा कम उमेरमा बिहे, धेरै सन्तान जन्माउने र अत्यधिक धुम्रपान सेवन गर्ने थिए । चिल्लो तथा जंकफुड धेरै खाने सहरीया महिलामा स्तन क्यान्सर देखिएको थियो । पुरुषमा भने सुर्तीजन्य पदार्थ सेवनका कारण फोक्सोको क्यान्सर प्रमुख देखिएको छ भने अन्य क्यान्सरमा मुखको, घाटीको, मिर्गाैलाको, पिसाब थैलीको देखिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply