बेवारिसे लासको ब्यवस्थापन गर्न सपना रोका मगरले नेपालगञ्ज पुगिन् । वेवारिसे अवस्थामा भेटिएको शवको ब्यवस्थापनमा स्थानीय प्रशासनको अनुरोध र सहकार्यमा नेपालगञ्जमा पुगेकी रोका मगरले बेबारिसेसँग जोडिएको सम्बन्ध कहिल्यै नटुट्ने बताईन् । नेपालगञ्जमा रोकामगरलाई प्रजिअ रामबहादुर कुरुङ्वाङले समेत सघाए ।

दागबत्ती दिएर अन्तिम संस्कार गरेर मात्रै आफ्नो जिम्मेबारी पुरा नहुने भन्दै जिवित बेवारिसेलाई समेत उचित ब्यवस्थापनका लागि योजनाबद्ध तरिकाले अगाडी बढेको बताईन् ।‘मैले आफ्नो जिम्मेबारीलाई कहिल्यै रोक्ने छैन्,‘ परिचय नै नभएका वेवारिसे शवको व्यवस्थापनमा देशभर नै खटिन्छु’ रोका मगरले बेनीअनलाइनलाई भनिन् ।

पोखरामा आयोजित कथा संघर्षको कार्यक्रममा उनले आफ्नो जिवन खुल्ला किताव भएको बताउँदै अनावश्यक गाली गर्ने, बदनाम गर्ने जस्ता गतिविधिमा संलग्नहरुलाई आफ्नो विगत सहजै बताउने बताउँदै जालझेलले आफ्नो यात्रा नरोकिने बताईन् । सडकको जीवन बिताइरहँदा आफुँले भोकेको समस्यालाई समाधान गर्ने अभियानमा रहेकाले पद, सम्मानले आफ्नो यात्रा नमोडिने बताइन् ।

सडकमा खुला आकाशमुनि बास थियो, आफ्ना लागि सबै बाटो बन्द भएको अवस्थामा संसारभरीबाट मायाँ र सहकार्यले उर्जा थपिएको बताउँदै एक सेकेन्ड पनि समाजकै हितमा काम गर्ने रोका मगरको भनाई छ । ‘राम्रो काम गर्ने मान्छेलाई खुट्टा तान्ने त पक्कै पनि हरेक ठाउँमा हुन्छन्,‘दागबत्तीको यात्रामा मात्रै नभई ब्यवारिसेको ब्यवस्थापनमा सक्रिय छु’ उनले भनिन् ।

अब योजना ७७ वटै जिल्लामा वेवारिसे शवहरुलाई राम्रोसँग व्यवस्थापनमा सरकारी निकायसँग सहकार्य गर्ने बताईन् ।ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा परेर केही ब्यस्थ भएपनि आफ्नो यात्रा निरन्तर अगाडी बढ्ने उनको भनाई छ । प्रभावशाली एक सय महिलाको सूचीले जिम्मेबारी थपिएपनि धेरै उत्साहित भएर आफ्नो लक्ष्यबाट नभाग्ने उनले दोहोराइन् ।

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा बुकेनीकी रोका मगरले पछिल्लो समय यूटुवमा आफ्नो बदनाम गर्ने प्रयास भइरहेको भन्दै दुख ब्यक्त समेत गरिन् । एउटा चेलीलाई साथ र सहयोग दिनुपर्नेमा उल्टै बदनाम गर्ने प्रयास भएको उनको भनाई छ । आफ्ना विरोधीहरु पूर्व सहकर्मीहरुबाट नै प्रोत्साहित भइरहेको समेत बताईन् । उनले हालसम्म डेढ सय बेवारिसे शवमा दागबत्ती दिएकी छन् ।

Leave a Reply