अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

संसद विघटनको बिरोधमा म्याग्दीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

On: February 7, 2021 12:40 PM
Follow Us:

संसद विघटन गरेको विरोधमा अखिल नेपाल महिला संघ म्याग्दीले प्रधानमन्त्री केपी र्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ।

पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको अनेमकी अध्यक्ष ज्योती लामिछाने पौडेलले प्रजिय उमाकान्त अधिकारीमार्फत संविधानको विघटनको अधिकार प्रयोग गरी प्रधानमन्त्रीले कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैह्रजिम्मेवार भएको बताईन् ।

उनले प्रतिनिधि सभा विघटनले प्राप्त उपलब्धि संस्थागत नभइ प्रतिगामी शक्तिहरु सलबलाउने भन्दै सबै पार्टीमा आवद्ध महिलाहरुले शसक्त प्रतिकार गर्नुपर्ने बताईन् ।

देश कोरोना कहर र आर्थिक संकटकाबीच गुज्रिरहेकोले सरकारले गरेको चुनावी घोषणाको नाटक मात्रै गरेको उनको आरोप छ । ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाए। संसद विघटनको विरोधमा म्याग्दीमा दैनिजसो कार्यक्रमहरु भइरहेका छन् ।