????????????????????????????????????

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेलले प्रधानमन्त्रीले आफ्नै दलका साथीले काम गर्न दिएनन् भनेर प्रतिनिधि सभा विघटन गर्नु असोभनिय र गलत तर्क भएको बताएका छन् । कम्यूनिष्ट विचारबाट विचलित भई विदेशीको इसारामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप समेत लगाए ।

नेकपाको प्रचण्ड–नेपाल निकट जनवर्गीय संगठनहरुले आइतबार म्याग्दीको बेनीमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पौडेलले राष्ट्रियताको मुद्धामा प्रतिपक्ष दल कांग्रेसले समेत साथ दिएको अवस्थामा आफ्नै पार्टीबाट असहयोग गरिएको भन्ने भ्रम मात्रै रहेको बताए ।

उनले छिमेकी भारतबाट आएका दुतसँगको कुराकानीपछि प्रधानमन्त्री परिवर्तन भएको भन्दै संसद विघटनमा विदेशी शक्तीको चलखेल रहेको बताए । प्रधानमन्त्रीले कदम व्यक्तिवादी सोच, अधिनायकवादी विचार, निरंकुश शासकको चरित्र, देश र जनताप्रतिको गैह्रजिम्मेवार भएकाले राजनीतिक दलका बिचमा संयुक्त आन्दोलनको तयारी समेत भइरहेको बताए ।

‘प्रधानमन्त्री भ्रष्टचारीको अखडामा हुनुहुन्छ,‘उहाँको संरक्षणमा देशभित्र लुट मच्चाइरहेको छ’ नेता पौडेलले भने । तीन पटक बजेट ल्याउदाँ, ओम्नी, यति, वाइडबडी जहाज खरिदको बिवादित बिषयमा प्रतिपक्षको दवावका बीच प्रधानमन्त्रीलाई साथ दिएको बताउँदै आलोपालो प्रधानमन्त्रीको सहमतिलाई समेत छोडेर अर्का अध्यक्ष प्रचण्डले पाँचबर्ष सरकार चलाउन दिएको बताए ।

पार्टी र सरकार सञ्चालनका क्रममा देखिएका समस्याका बिषयमा छलफल र बहसबाट भागेर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको नाटक गर्नु असंबैधानिक र जनमतको अपमान भएको समेत उनको तर्क छ । संसद बिघटनको बिरोधमा रहेका नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका दल र नागरिक समाजसँग संयुक्त आन्दोलनको तयारी भएको दावी समेत गरे ।

????????????????????????????????????

तत्कालिन समयमा माओवादीको लाइनबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझीको पसल रित्तो भएको बताउँदै आत्मआलोचना गरे पार्टीमा स्थान दिने बताए । सोही अवसरमा नेकपाकी अर्की केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले राज्यका सबै संबैधानिक अंगहरुलाई आफ्ना गुटका कार्यकर्ता भर्ति केन्द्र बनाएर गरेको “सेटिङ” भत्किन थालेको बताईन् । उनले निशुल्क जमिन दिएर समेत आफ्नो पक्षमा पार्ने आश्वासन समेत दिने गरिएको बताईन् ।

संबैधानिक निकाय र आयोगलाई गुटका कार्यकर्ता भर्ति गरेका ओलीका साइबर सेनाहरुको काठमाण्डौको कोष सभा देखेको बताईन् ।सर्वोच्च अदालतमा सरकारी वकिलहरुको निरिह बहसले ओलीको शक्ति ओरालो लागेको र निर्वाचन आयोगले ओलीले बनाएको केन्द्रिय समितिलाई मान्यता नदिनुलाई प्रचलीत कानुन बमोजिम आफ्नो पक्ष अधिकारीक पक्ष भएको दावी समेत गरिन्।

????????????????????????????????????

भेलालाई नेकपाका जिल्ला अध्यक्ष गोबिन्द पौडेलले म्याग्दीका जनताले प्रतिगमनका बिरुद्ध दिएको साथबाट उत्साहित भएको बताउँदै मुल पार्टी आफ्नो समूह भएको दावी गरे । कार्यालय सदस्य बालकृष्ण सुबेदी र प्रदेश कमिटि सदस्य तथा सांसद बिनोद केसीले ओलीको प्रतिगमनको सति नजान जिल्लाका नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

बिरोध सभामा सहभागि जिल्लाका सबैजसो स्थानीय तहबाट नेता कार्यकर्ता बेनीमा आएका थिए ।कार्यक्रमको अध्यक्षता गरेका राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्मा, अनेमसंघकी जिल्ला अध्यक्ष ज्योति लामिछानेले जिल्लाभित्र कार्यकर्तालाई दवाव दिएमा प्रतिकार गर्ने चेतावनी दिए ।

 

 

 

 

Leave a Reply