नेत्रविक्रम चन्द विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता सर्बोच्च आदालतको आदेशमा रिहा भएका छन् । प्रतिबिन्धित नेकपाका नेताहरु विकीरण क्षेत्री र बाबुलाल शाक्यलाई गैह्रकानुनी रुपमा थुनामा नराख्न सर्वोच्च अदालतले आदेश दिएपछि सोमबार साँझ जिल्ला प्रहरी कार्यालय बागलुङले थुना मुक्त गरेको हो । थुनामुक्त भएका नेताहरु आ–आफ्नो घर लागेका छन् ।

गत माघ १० गते बागलुङ नगरपालिका–७ स्थित पूर्णप्रसाद निउरेको घरमा लुकीरहेको भन्ने सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । गैह्रकानुनी रुपमा थुनामा राखेको भन्दै उनीहरुले सर्बोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

सर्बोच्च अदालतका न्यायधिश हरीकृष्ण कार्की र हरी कुमार फुँयालको संयुक्त इजलाशले उनीहरुलाई छोड्न आदेश दिएको हो । नेताहरुको तर्फबाट अधिबक्ता कपिलचन्द्र पोखरेल, सन्तोष कोईराला र चुर्ण बहादुर निरौलाले बहस गरेका थिए । प्रहरीले उनीहरुलाई एक बर्षभन्दा पहिले म्याग्दीबाट पक्राउ गरेको थियो । पक्राउपछि उनीहरु सर्वाेच्च अदालतको आदेशबाट रिहा भएका थिए । पुन माघ १० गते उनीहरु पक्राउ परेका थिए । dhorpatannews.com

Leave a Reply