गलेश्वर आर्दश आवासिय माविमा एलकेजीमा पढ्ने सञ्जन कार्कीले खाजा खर्च बचाएर ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका साथी शिभम चोखाललाई सहयोग गरे। कक्षामा छेउमा बस्ने कार्कीलाई ब्लड क्यान्सरका बारेमा जानकारी छैन्, न त अस्पतालमा उपचारर्थ शिभमसँग सम्पर्क नै हुन्छ।

विद्यालयमा अध्ययनरत माथिल्लो तहका विद्यार्थीले सञ्चालन गरेको अभियानमा मिल्ने साथी चोखाललाई उनले घरबाट लिएर आएको खाजा खर्च सहयोग गरे । कार्कीसँगै तारा खड्का,करिस्मा पुरी र प्रसन्न पाईजाले समेत बिरामी साथीका बारेमा अभियानमै जानकारी पाए । उपचारमा आर्थिक अभाव भएपछि भएपछि उपचारमा सहयोग गर्न थालेको अभियानलाई शिक्षक र गलेश्वरबासीले समेत साथ दिए।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार बालकको थप उपचारमा रकम अभाव भएपछि विद्यार्थीको पहलमा सुरु गरिएको सहयोग अभियानमा खाजा खर्च समेत बचाएर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र जिसीले बताए।‘ कलिला बालबालिकाले समेत आफ्नो गोजीमा भएको खाजा खर्च दिए,‘मानवीय सेवाले साना विद्यार्थीलाई पनि छोएको छ’ जिसीले भने । आफ्नो सार्थी विरामी भएको सुनेर केही विद्यार्थीले आँसु समेत बगाएको बताउँदै कलिलै उमेरमा मानवीय सेवाका बारेमा जानकारी दिन आवश्यक रहेको बताए । ‘अस्पतालको शैयामा रहेका विद्यार्थीलाई सक्ने सहयोग गरेका छौ’ उनले भने ।

विद्यार्थीको अगुवाईमा विद्यालयभित्र २० हजार र गलेश्वरमा ३९ हजार नगद संकलन भएको थियो । पीडित बालकको आमाको घर नजिकै करेन्ट लागेर मृत्यु भएको थियो ।

उपचार गराउन ठूलो रकमको आवश्यकता परेपछि परिवारको अनुरोधमा स्थानीयले सहयोग अभियान सञ्चालन गरिएको छ । उपचारमा करिब २० लाख खर्च हुने भएपनि हालसम्म जम्मा ८ लाख संकलन भएको काउँलेगौडा यूवा क्लवका अध्यक्ष प्रकाश खत्रीले बताए। उनका अनुसार अभियानमा स्वदेश तथा विदेशबाट सहयोग संंकलन भइरहेको बताए ।

Leave a Reply