नेकपा ओली समूहको भ्रातृ संगठन राष्ट्रिय युवा संघको केन्द्रिय उपाध्यक्षमा म्याग्दीका सन्तोष रावल चयन भएका छन् । माघ २५ र २६ गते काठमाडौँमा भएको संघको दोस्रो केन्द्रीय कमिटी बैठकले बेनी नगरपालिका–१,रत्नेचौर घर भएका रावल यूवासंघ सँगै जिल्लास्तरमा नेकपाको जिल्ला कमिटी, सचिवालय सदस्यमा समेत रहेका रावल साविकको एमाले र पार्टी एकतापछिको यूवा संघको समेत महत्वपूर्ण जिम्मेबारी सम्हालेका थिए ।

उपाध्यक्षमा चयन भएका रावलले पार्टी विभाजनपछिको अवस्थामा काम गर्न अवसर र चुनौती दुवै रहेको बताए ।उनले आफ्नो जिम्मेबारीलाई सम्रग देशभरीका यूवाहरुको हितमा प्रयोग गर्ने बताए ।‘अहिले बोल्दा गुटगट भन्लान,‘मैले आफ्नो जिम्मेबारीलाई विगतमा पनि पुरा गरेको छु’ रावलले भने ।

नेकपा विभाजन भएपछि म्याग्दीमा प्रधानमन्त्री ओलीको लाइनबाट जनताको बहुदलिय जनवादको पुर्नजन्म भएको भन्दै अभियान नै थालेका थिए ।२०६३ सालमा जिल्ला अध्यक्ष, २०६६ सालमा केन्द्रिय सदस्य एवम् विदेश विभाग प्रमुख, ०६९ सालमा, ०७४ सालमा केन्द्रिय सचिवमा रहेर काम गरेका छन् ।

सघको अध्यक्षमा बचनवहादुर सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ । आगामी जेठ महिनामा अहिलेका अध्यक्ष सिंह ४० वर्ष उमेर पुगेपछि सहअध्यक्ष पौडेल अध्यक्ष बनाउने सहमति भएको छ ।

Leave a Reply