पोखराको मणिपाल अस्पतालको शैयामा छटपटाई रहेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,गाड्पारका खिमबहादुर पूर्जाले सहयोगको याचना गरेका छन् । दुवै मृगौलाले काम नगर्ने भएपछि अस्पतालमा भर्ना भएका पूर्जाको उपचारमा आर्थिक अभाव भएपछि आफन्त र परिवारले सहयोगको याचना गरेका हुन् ।

करिब साढे दुई महिना अगाडी अस्पतालमा भर्ना भएका पूर्जाको डायलासिस, नियमित औषधी लगायत उपचारमा आवश्यक खर्चको अभाव भएको स्थानीय टोपकुमार पूर्जाले बताए । ‘घरबाट उपचारमा खर्च गर्ने अवस्था नै छैन्,‘अहिलेसम्म सहयोगबाटै उपचारमा खर्च जुटाइरहेका छौ’ पूर्जाले भने ।

उनले डायलसिस गर्न धेरै रकम लाग्ने र मृगौला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै आर्थिक सहयोगका लागि सबैसँग अनुरोध गरिएको बताए । डाक्टरको सल्लाह अनुसार दुवै मृर्गौला प्रत्यारोपण गर्न करिब १७–१८ लाख लाग्छ । पीडित पूर्जाले हप्तामा दुईपटक डाइलासिस गर्दै आएका छन् । उनको उपचारमा यूकेमा नारायण पुन लगायत विभिन्न देशमा सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ ।

Leave a Reply