पर्वतको जलजलामा एक युवकले पुर्व श्रीमतीको हत्या गरी नेपाली प्रहरी चौकी वारिबेनीमा गएर प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

पर्वत जिल्लाको जलजला गाउँपालिका–४, लुङ्दी देबिस्थान घर भएका बर्ष ३४ का रामबहादुर नेपालीले पुर्व श्रीमती झण्डै बर्ष ३५ कि सन्तु ‘दलामी’को ढुंगा प्रहार गरि हत्या गरेका हुन् । सयुक्त नाममा रहेको जग्गाको बिषयमा बिवाद भएको र सोहि बिवादका कारण रामबहादुरले पुर्व श्रीमतीको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।

मंगलबार जग्गा कै बिषयमा वडा कार्यलय पुगेर फर्किदा दिउँसो करिब साढे २ बजेको समयमा घरदेखि नजिकै धुले पाल्सिङ सामुदायिक बनको धैरेनी भन्ने ठाँउमा पुर्व श्रीमतीको टाउकोमा ढुंगाले हिर्काएर हत्या गरेका थिए। केहि बर्ष पहिलादेखि कानुनी रूपमा बिवाह नगरी श्रीमान श्रीमतीको रूपमा बस्दै आएका र हाल श्रीमान श्रीमती बिच मनमुटाव बढेपछि छुट्टाछुट्टै बस्दै आएका थिए ।

उनीहरु बिचमा पटकपटक विवाद समेत हुने गरेको पारिवारिक स्रोतले जनाएको छ । एकअर्का सँगै बस्न नसक्ने अवस्थामा जग्गा भोकचनलको विवादले उग्र रुप लिएको थियो । हाल हत्या आरोपी रामबहादुरलाई जिल्ला प्रहरी कार्यलय पर्वतको नियन्त्रणमा राखिएको र मृतकको शव पर्वत जिल्ला अस्पताल कुश्मामा पोष्टमार्टमको लागि लगिएको प्रहरीले जनाएको छ । हिमालय दैनिकको सहयोगमा

Leave a Reply