पर्वत जिल्लाको जलजला गाउँपालिकको एक सामुदायिक बनमा भीषण आगलागी भएको छ । गाउँपालिकाको २ र ४ नम्बर वडाको सिमानामा अवस्थित ठूलो सल्लेरी भिरमुनी सामुदायिक बुधबार साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगलागीबाट सामुदायिक बन आसपासमा रहेका ढोलढुङ्गा र राताढुङ्गा बस्तीमा आगोको जोखिम बढेपछि स्थानीयले बस्तीतर्फ जानबाट रोक्ने प्रयास गरेको स्थानीय यूवा पूर्ण बरुवालले बेनीअनलाइनलाई बताए । ‘आगलागी नियन्त्रणको प्रयास सम्भव छैन्,‘बस्तीतर्फ जान रोक्ने प्रयास जारी छ, अहिले नै बस्तीमा जोखिम भने छैन्’ उनले भने । ठाडो भीरमा आगलागी भएकाले नियन्त्रणमा लिन पनि उत्ति सहज समेत नभएको बताए । ठाडो भीर भएकोले निभाउन जान सक्ने अवस्था नभएकाले उच्च सर्तकता अपनाउन आसपासका क्षेत्रका अनुरोध गरिएको छ । सल्लाको रुख र सुख्खा घाँसे जंगलमा आगलागी भएको स्थानीयले बताएका छन् । जंगलमा अधिकांस सल्लाको रुख भएकाले समेत पेट्रोलमा सल्किए झैं आगो तिब्र गतिमा फैलिएको वडा अध्यक्ष गोविन्द खत्रीले बताए । उनले सुकेको घाँस र सल्लाघारी भएकोले पनि आगो फैलिन सहयोग पुगेको बताए । आगलागीको अवस्था हेर्दा मानवसृजित भएको अनुमान गरिएको छ । राम्रो घाँस पलाउने भन्दै आगो लगाउने गरिन्छ । सामुदायिक वनमा आगलागी हुँदा हजारौँको सङ्ख्यामा बिरुवा जलेर नष्ट भएका छन् ।

Leave a Reply