म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ बिहीबार ‘मिडिया सोसाईटी अवार्ड’द्वारा सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारण सभाको अवसरमा सोसाईटीद्वारा स्थापित मिडिया अवार्डबाट उहाँ सम्मानित हुनुभएको हो ।

पत्रकार बानियाँलाई म्याग्दीमा रहेर विगत एक दशकदेखि पत्रकारिताको माध्यमबाट जिल्लाको पर्यटन, कृषि, विकास निर्माण, जलविद्युत, शिक्षा, स्वास्थ्यलगायत मिडिया सोसाईटीको संस्थागत विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको म्याग्दी मिडिया सोसाईटीले जनाएको छ ।

म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र संस्थापक सदस्य एवं नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई दोसल्ला ओढाई नगद सातहजार एकसय पचास रुपैयाँसहित सम्मानपत्रले सम्मान गनुभयो ।  जिल्लाको बेनी नगरपालिका–५, चिप्लेटी स्थायी घरभई हाल बेनीबजारमा बसेर पत्रकारिता गर्दै आइरहेका बानियाँ स्थानीय रुप्से दैनिक पत्रिकामा सहसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यसमिति सदस्य समेत रहनुभएका पत्रकार बानियाँ सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन तथा उज्यालो रेडियो नेटवर्क र नेपाल समाचारपत्रको जिल्ला संवाददाताको रुपमा काम गर्नुहुुन्छ । स्थानीय सञ्चारमाध्यम रुप्से दैनिकसहित विभिन्न मिडियामा आबद्ध उहाँको जिल्लास्थित अन्य संघसंस्थामा पनि आबद्धता रहेको छ ।

Leave a Reply