म्याग्दी जिल्ला बेनी नगरपालिका-९ का ६ वर्षीय ब्लड क्यान्सर पीडित शिभम चोखालको उपचारमा यूरोपेली राष्ट्र रोमानियामा रहेका म्याग्देलीले सहयोग गरेका छन् । उपचारम आर्थिक अभाव भएपछि हालै गठन भएको म्याग्दी समाज रोमानियाले १६ हजार २ सय ३० सहयोग गरिएको हो ।

समाजका अभियान्ता विजय कुँवरले पहिलो चरणमा उक्त सहयोग गरेको बताउँदै आवश्यकता परेमा भविस्यमा विभिन्न रचनात्मक कार्यमा सहयोग गर्ने बताउनुभयो । काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका बालक चोखाललाई प्राप्त सहयोग बेनीअनलाइन प्रालि, बेनी साप्ताहिक पत्रिकाकी ब्यवस्थापक जेनिशा पुरीले बालकका माइजु सितल बानियाँ भण्डारीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

बालकको आमाको केही समय पहिले करेन्ट लागेर मृत्यु भएको र परिवारको विपन्नताका कारण उपचारमा आर्थिक समस्या देखिएको थियो । एक्कासी बिरामी भएपछि चेकजाँच गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । उपचारमा करिब २० लाख रुपैयाँ उपचार खर्च अनुमान गरिएको छ ।

Leave a Reply