म्याग्दीको मंगला गाउँपालिका-१ पुर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविमा अध्ययनरत विद्यार्थीलाई समाजसेवी दिल गौचनले शैक्षिक सामग्री सहयोग गरेको छ । विद्यालयका पूर्व प्रधानाध्यापक एवम् गाउँका अगुवा समाजसेवी गौचनले ५० जना विपन्न वर्गका विद्यार्थीहरु अध्ययनरत स्टेशनरी सामाग्री वितरण गर्नुभएको विद्यालयका प्रअ टेकबहादुर राम्जालीले जानकारी दिनुभयो ।

बेलायती सेनाबाट अवकाश समाजसेवी गौचनले प्रति विद्यार्थी करिब २ सय बराबरको स्टेशनरी साम्रागी सहयोग गर्नुभएको प्रअ राम्जालीको भनाई छ । ‘विद्यालयको स्थापनाकालदेखि नै उहाँले धेरै सहयोग गर्नुभएको छ,‘भौतिक र शैक्षिक सहयोगमा अतुलनीय योगदान छ’ राम्जालीले भन्नुभयो ।

उहाँले आर्थिक अभावका कारण शैक्षिक साम्रागी सहित पोशाकको अभावमा समस्यामा रहेका विद्यार्थीलाई सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो । समाजसेवी गौचनले विद्यालयमा यसअगाडी १० लाखको अक्षय कोष समेत स्थापना गर्नुभएको छ ।

आर्थिक अभावका कारण उपचारमा बन्चित भएकाको उपचारमा समेत सहयोग जुटाउने गर्नुभएको छ । समाजसेवी गौचनले जन्मगाउँमा विभिन्न माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बालबालिका मार्फत् शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply