अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

भागरथीको हत्यारालाई कारवाही गर्न विद्यार्थीको माग

On: February 12, 2021 10:03 AM
Follow Us:

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यारालाई कारवाहीको माग गदैं विद्यार्थीले प्रजिअलाई ज्ञापनपत्र बुझाएका छन्। गणेशटोलमा रहेको लिटील गार्डेन एकेडेमी विद्यालयमा अध्ययनरत छात्राहरुको गठित गुणस्तर बृत्त समुहले प्रजिअ उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै दोषीलाई कारबाहीको माग गदैं आत्मरक्षाका लागि तालिम समेत मागेका छन् । प्रशासनमा ज्ञापनपत्र बुझाउदै उनीहरुले बालिका तथा छात्राहरुको सुरक्षामा गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले विद्यार्थीहरुको सुरक्षामा प्रशासन गम्भीर बन्ने प्रतिवद्धता जनाउनुभयो । बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो । जिल्ला अस्पतालको पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोटेर हत्या गरिएको पुष्टि गरेको थियो ।