यूटुवको ट्रेन्डिङमा पर्न सफल ‘आँखामा आउने सपनी’ बोलको गीतको म्याग्दीका नृत्य प्रशिक्षक मनिष परियारको टोलीले कभर म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । युवा गायक एकदेव लिम्बुको ओर्जिनल गीत र मोडेल निशम लिम्बुले अभिनय गरेको गीतमा नृत्य प्रशिक्षक परियारको निर्देशनमा बेनी नगरपालिका–२, बगरफाँट आसपासका क्षेत्रमा छांयाङ्कन गरिएको कभर भिडियोमा मिलन थापाले समेत अभिनय गरेकी छन् ।

पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा म्यूजिक भिडियो र ओर्जिनल गीतजत्तिकै कभर गीत सार्वजनिक गर्ने गरिएको अवस्थामा म्याग्दीका नृत्य प्रशिक्षक परियारले पहिलोपटक कभर म्यूजिक भिडियोमार्फत सांगितिक क्षेत्रमा नयाँ अभियानको सुरुवात गरेको बताए ।‘यो मेरो पहिलो प्रयास हो,‘कभर भिडियोले ब्यवसायिक यात्रामा सहज हुन्छ,‘विद्यार्थीहरुलाई समेत कभर म्यूजिक भिडियोमा अभ्यास गराउँदै छु’उनले भने । परियारको युट्युबमार्फत सार्वजनिक भएको म्यूजिक भिडियोको निर्देशन मुस्कान आले मगरले गरेका छन् । अभियन, छांयाङ्कन सहितका सबै विषयबस्तु ओर्जिनल म्यूजिक भिडियो जस्तै भएकाले सल्लाह र सुझाव अनुसार थप अगाडी बढ्ने टोलीको भनाई छ । मोफसलमा गरिने कभर म्यूजिक भिडियो ब्यवसायीक भन्दा पनि मनोरञ्जनात्मक हुने गरेको छ । बजारमा चलनचल्तीमा रहेका लोकप्रिय गीतहरूको कभर म्यूजिक गराउने गरिन्छ । चलेका कलाकार र गायक समेत कभर गीतमा रमाउने गरेको अवस्थामा म्याग्दीमा समेत कभर गीत र म्यूजिक भिडियोको अभ्यासले सांगितिक क्षेत्रलाई फाइदा पुग्ने कालाकारहरुको भनाई छ । कभर गीत गाएरै प्रसंशक कमाउने गरिन्छ ।

व्यक्तिगत भिडियोमा लगानीविना र ब्यवसायिकमा लगानी लाग्छ । मोफसलमा बनाउने कभर गीतहरूमा आवश्यक जनशक्ती, क्यामेरा लगायत यातायात खर्च हुने भएकाले विस्तारै ब्यवसायीक हुने प्रयासमा रहेको परियारको भनाई छ । क्याम्पसचोकमा नृत्य प्रशिक्षण केन्द्र समेत रहेको परियारले कलिला बालबालिकालाई समेत नृत्य सिकाउने गरेका छन् ।

 

Leave a Reply