मिलन म्याग्दीले आफ्नो २२औं स्थापना दिवस मनाएको छ । २०५६ सालमा स्थापित संस्थाले २१ वर्ष पूरा गरी २२ वर्षमा प्रवेश गरेको अवसरमा अन्तत्र्रिmया एवं सम्मानलगायत विविध कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा मिलन म्याग्दीका संस्थापक, पूर्व अध्यक्ष, वर्तमान पदाधिकारी र कर्मचारीहरुको बीचमा अन्तत्र्रिmया तथा छलफल गरिएको छ । स्थापना दिवसको अवसरमा संस्थाका पूर्व अध्यक्ष एवं कार्यकारी निर्देशक दिवाकुमारी पुनले संस्था स्थापना भएदेखि हालसम्म सञ्चालित विभिन्न कार्यक्रम र गरेका गतिविधिहरुको बारेमा रिपोर्टिङसहित आफ्नो प्रस्तुतीकरण गरेकी थिइन् ।

स्थापना दिवसको अवसर पारेर मिलन म्याग्दीले हालै विदेशबाट फर्किएकी संस्थाको पूर्व अध्यक्ष जुना गर्बुजालाई दोसल्ला ओढाई प्रशंसापत्रसहित सम्मान गरेको जनाएको छ । सोही अवसरमा संस्थामा आबद्ध विभिन्न व्यक्तिहरुलाई पनि जिल्लाको अन्य संघसंस्था तथा विविध क्षेत्रमा आबद्धता भएको भन्दै सम्मान गरिएको थियो । स्थापना दिवसको उद्घाटन गर्दै मिलन म्याग्दीका संस्थापक अध्यक्ष दुर्गा कार्की बानियाँले मिलनमार्फत जिल्लामा सामाजिक रुपान्तरण र परिवर्तनका धेरै कार्यक्रमहरु सञ्चालन गरिएको बताइन् ।

संस्थापक अध्यक्ष बानियाँले समुदायस्तरमा पुगेर सर्वसाधारण नागरिकहरुलाई सचेतनामूलक कार्यक्रमबाट सुसूचित गरेको बताउँदै आगामी दिनहरुमा अझै प्रभावकारी रुपमा मिलनमार्फत कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । कार्यक्रममा मिलन म्याग्दीका पूर्व अध्यक्ष जुना गर्बुजा, निवर्तमान अध्यक्ष विनय श्रेष्ठ, संस्थापक सदस्य अमर बानियाँ र सल्लाहकार ठहरबहादुर भण्डारीले मन्तव्य राखेका थिए ।

कार्यक्रम मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँको अध्यक्षता, उपाध्यक्ष कमला थापाको स्वागत र सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो । मिलन म्याग्दीले पछिल्लोपटक झोलुङ्गे पुल कार्यक्रममा सामाजिक सहजीकरण तथा साझेदारीमा सुआहारा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply