• शिक्षकबाटै बालिका बलात्कृत

• बसमै बन्धक बनाएर दुईदिनसम्म सामुहिक बलात्कार

• काका ससुराबाटै 3 महिना सम्म बलात्कार

• देबिको मन्दिरमा बलात्कार पछि हत्या •

• बिद्यालयबाट फर्किदै गर्दा किशोरी बलात्कृत

हरेक दिन पत्रपत्रिकाका प्रमुख समाचार बनिरहेका छन यी शिर्षक हरु,यी समाचारहरु पढिरहदा म कति सुरक्षित छु त यो समाजमा भन्ने प्रश्न हरेक माहिलामा आउने गर्छ,म पनि एक किशोरी हु म पनि हरेक दिन त्रासमा बसिरहेकि हुन्छु ।

बलात्कारपछि हत्या (२०७७ सालमा)

कैलालीकि माया बिक धनुषाकि दिनिया रेश्मा रसाइली, कास्की कि श्रेया सुनार, रुपन्देहीकि अगिरा पासी बझाङकि सम्झना कामी, बैतडीकि भागरथी भट्ट, कंचनपुरकि निर्मला पन्त, नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यबस्थामा प्रबेश गरेको छ।

केन्द्रदेखी स्थानीय तहसम्म सुरक्षा ब्यबस्थापन गर्ने निकायहरु तैनाथ छन। तर अफसोस्स अपबाद बाहेक अपराधीलाई कानुनको कठघरामा ल्याउनु देशको अपराध नियन्त्रणको जिम्मेवारी सम्हालेको नेपाल प्रहरीलाई ढुङ्गाको चिउरा चपाउनु सरह भएको छ। नेपालको मुलुकी एन २०७४ परिच्छेद १८मा जबर्जस्ती करणीसम्बन्धि कानुनको ब्यबस्था गरिएको छ।

१० बर्ष भन्दा कम उमेरको बालिकालाई जबरजस्ती करणी गरेको पाइएमा १६-२० बर्ष,१० देखि १४ बर्ष उमेर समुहको बालिकाको हकमा १४-१६ बर्ष ,१४ देखि १६ बर्ष उमेर समुहको बालिकाको हकमा १२-१४ बर्ष,१६ देखि १८ बर्षसम्मको बालिकाको हकमा १०-१३ बर्ष र १८ बर्ष देखि माथिको हकमा १० बर्ष जेल सजाय तोकिएको छ।

उमेर समुह अनुसार फरक फरक सजायको ब्यबस्थापन आफैमा परिपक्व देखिदैन र कानुनमा जे जस्तो लेखिएपनी यसको कार्यनयनको पक्ष भने निरीह छ बलात्कार को संख्या हरेक दिन बढ्नु का कारणहरु

• कमजोर सामजिक चेतना

• फितलो सामाजिक ब्यबस्थापन

• शक्तिको दुरुपयोग

• राजनीतिक सरक्षण

• आर्थिक प्रलोभन ,नाताबाद ,कृपाबाद इत्यादि

• किशोरी हरु उजुरी दिन आफैंलाई सुरक्षीत नठान्नु परिवार नातागोता र समाजको डरले उजुरी दिन हिचकिचाउनु

  • बलात्कारी मानसिक सृजना किन भइरहेको छ?
  • एउटा बालकलाई बलात्कारी पुरुषको रुपमा रुपान्तरण गर्ने सामाजिक प्रक्रिया एजेन्सीहरु के के हुन?
  • बलात्कार जन्य घटनामा अधिकतम सजाय नहुनुको पछाडि हाम्रा न्यायिक निकायका कमजोरी र समस्या के के हुन?
  • आखिर किन यसरी बलात्कारका घटना बढिरहेका छन त?
  • के के कारणले बलात्कारीले प्रश्रय पाईरहेको छ त?

जबसम्म यी प्रश्नहरुका उत्तरहरु आउदैन तबसम्म हाम्रो समाजमा यस्ता घटनाहरु घटिरहने छन।आन्दोलन र नाराबाजि एउटा पक्ष हो तर हामी आफैले घर परिवारको सामाजिकिकरण प्रक्रिया समिक्षा गर्नु जरुरी देखिन्छ ।

अन्तमा: बलात्कार गरि हत्या गर्ने जस्ता जघन्य अपराधमा संलग्नहरुलाई राज्यले कानुनको कठघरामा उभ्याउन नसक्दा आज आम छोरीहरुले बलात्कार जस्तो जघन्य अपराधको शिकार हुनुपरेको छ। बलात्कार गरि हत्या गर्ने बिचलित मानसिकता भएकाहरुलाई समाजबाट सधैंका लागि बहिस्कार सामाजिक अभियान चलाउन पछि नपरौ ।

 

Leave a Reply