सुदिप रावल स्मृति कोषले शनिबार विविध कार्यक्रम गरी स्वर्गीय रावलको १२ औ स्मृति दिवस मनाएको छ । बेनी नगरपालिका-१, रत्नेचौरमा आयोजित कार्यक्रममा आर्थिक अभावका कारण उपचारबाट बन्चित रत्नेचौरबासीलाई लक्षित गरी स्थापना गरिएको रत्नेचौर परोपकारी शान्ति कोषलाई २५ हजार,भानु मावि रत्नेचौरबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने मनिषा किसानलाई ५ हजार, विपन्न र जेहेन्दार ६ जना विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरिएको थियो ।

स्मृति दिवसको अवसरमा प्रमुख अतिथि निर्वतमान सांसद भुपेन्द्रबहादुर थापाले हरेक बर्ष कार्यक्रम गरी स्वर्गीय सुदिपको सम्झना सहित सामाजिक कार्यमा समेत सहयोग गर्ने गरिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा प्रमुख दलबहादुर थापा, संस्थाका सल्लाहकार एकेन्द्रबहादुर रावल, भानु माविका प्रअ भरत खत्री,विब्यस अध्यइक्ष श्याम रोका,संस्थाका संरक्षक दुर्गाबहादुर रावलले बोल्नुभएको थियो ।

कोषका अध्यक्ष सन्तोष रावलले कोष मार्फत सामुदायिक विद्यालयका विद्यार्थी, खेलकुद गतिविधि, आर्थिक सहयोग लगाएत विभिन्न कार्यहरुमा सहयोग गरिएको जानकारी गराउनुभएको थियो । संस्थाका अध्यक्ष रावलको अध्यक्षता, उपाध्यक्ष एवम् वडा अध्यक्ष टेकबहादुर रावलको स्वागत र सचिव विक्रम बोगटीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०६५ साल फागुन १ गते बागलुङ बजारबाट मालढुंगा जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा २ लाख ५० हजारको अक्षय कोषको स्थापना गरिएको छ ।

Leave a Reply