नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले शनिबार सदरमुकाम बेनीमा २६औं जनयुद्ध दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री थममाया थापाले शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिहरुको संरक्षण गर्नुपर्ने बताएकी छन् ।
केन्द्रीय सदस्य थापाले जनयुद्ध गणतन्त्र प्राप्तिको प्रमुख आधार भएको बताउँदै यस आन्दोलनमा सरिक योद्धा, शहिद तथा बेपत्ता परिवारको सम्मान गर्नुपर्ने बताइन् । उनले शहिद तथा बेपत्ता परिवारका लागि सम्मानका लागि वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले विशेष प्याकेज ल्याउन लागेको बताएकी छन् ।
नेकपा म्याग्दीका सचिव तथा केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठले जनयुद्ध कम्युनिष्टको सपना पुरा गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । कार्यक्रममा नेकपाका नेता तथा संविधान सभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँ सहभागी कार्यक्रम नेकपाका जिल्ला नेता पुष्कर विकले सञ्चालन गरेका थिए ।

Leave a Reply