स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनका अवसरमा म्याग्दीको ओमकुमारी शान्तिकोषलाई ५० हजार नगद सहयोग गर्नुभएको छ । गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको उपचार अक्षयकोषमा बेनी अस्पतालमा कार्यरत आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

आइतबार कोषको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा कोषका अध्यक्ष शाक्यले सहयोगदाता आचार्यलाई संस्थाको पहिलो गोल्डेन सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । गरिब तथा विपन्नहरुको उपचार अभियानमा सहभागि हुनपाउँदा आफूलाई खुसि मिलेको आचार्यले बताउनुभयो ।कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी,पत्रकार घनश्याम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषका अध्यक्ष शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष खम थापाको स्वागत र सहसचिव सन्दीप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply