????????????????????????????????????

बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनका अवसरमा म्याग्दीको ओमकुमारी शान्तिकोषलाई रु ५० हजार नगद सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।आइतबार कोषको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा कोषका अध्यक्ष शाक्यले जलजला गाउँपालिका–७ पर्वत निवासी सहयोगदाता आचार्यलाई संस्थाको पहिलो गोल्ड व्यक्तिगत संरक्षक सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । गरिब विपन्नहरुको उपचारमा सघाउन स्थापना गरिएको अक्षयकोषमा अहिलेसम्म १ करोड बढी रकम जम्मा भैसकेको र सहयोगदाताहरु मार्फत प्रतिबद्धता भए बमोजिमको रकम आउने क्रम जारी रहेको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

कोषले रु २ करोड रकमको अक्षयकोष बनाउने घोषणा गरिसकेको छ । गरिब तथा विपन्नहरुको उपचारमा सघाउँदै आएको कोषको रचनात्मक कामबाट प्रभावित बनेर आफुले समेत यस अभियानमा सहभागि हुनपाउँदा आफूलाई खुसि मिलेको सहयोगदाता आचार्यले बताउनुभयो ।कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी,पत्रकार घनश्याम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषका अध्यक्ष शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष खम थापाको स्वागत र सहसचिव सन्दीप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply