चारउरी परेका गाला,थोते दाँत,आँखी भौंले पुरिन थालेका आाखा,चिसो विहानीमा कालिगण्डकी मालढुङ्गाको बगरमा गिटी कुट्न व्यस्त हुन्छिन् यी ७५ वषिर्य बिष्णुमाया परियार । म्याग्दीको दरवाङ्गबाट विस्थापितभई उनको परिवारले यही बगरमा सहारा लिएको २२ वर्ष भयो । रोगले थलिएर उपचार नपाई जवानीमै पति गुमाएकी उनका दुई छोरा बुहारी नातीनातिना छन् । सपरिवार यही बगरको भरोसा गर्छन् । उनले वृद्ध भत्ता पाए पनि त्यो छेउनटुप्पो हुने उनको भनाई छ । त्याही कारण बुढयौली अवस्थामा बगर उनी र उनको परिवार धान्ने आधार बनेको हो । बुढ्यौली शरीर, जिउमा गतिला ताता कपडा छैनन् । घरमा अन्नको गेडो छैन, हातमा कौडी छैन् ।      रात काट्ने झुपडी यही बगरआसपास हो । उनको पीडा अरुभन्दा भिन्न मात्र होइन, विरहलाग्दो छ । छोरा बुहारीसागै भएर पनि बुढ्यौली उमेरमा काम गर्नुपर्ने उनको बाध्यता हो । उनको सवै परिवारले बगरको बालुवा,ढूङ्गा र गिट्टी प्रसोधन र ओसारपसारको काम गर्छन् । तर,बिचौलियाले भूमिका खेल्दा त्यहाँ पनि परिश्रम अनुसारको पारिश्रमिक  पाउादैनन्  । कोरोना भाइरसको माहमारीमा सरकारले गरिब, विपन्नलाई राहत उपलब्ध गराउने निर्णय गरेपनि उनको परिवारले महसुससम्म गर्न पाएन । शारीरिकरूपलेसमेत कमजोर बन्दै गएपछि संङ्कटका बेला के गर्ने भन्ने चिन्तामा उनी र उनको परिवार छ । source:Kantipurtv.com

 

 

Leave a Reply