रोजगार र व्यवसायको सिलसिलामा युएई पुगेका म्याग्देली प्रकाश कार्की र प्रदिप सुबेदिले लोक दोहोरी गीतको एल्बम ‘सम्बन्ध’ को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  PR युटुब च्यानल बाट रिलिज गरिएको उक्त मुजिक भिडियो मा “पूर्वको फुल पश्चिम फर्केको मैले धोका दिएकै हैन नि तिमी आँफै हो नि तर्केको’’ गीतको बोलमा रहेको छ । गीतमा म्याग्देली गायक झलक बिरही थापा र लक्ष्मी घतानले स्वर दिनुभएको छ ।

प्रणय दिवसको अबसर पारेर रिलिज गरिएको भिडियो को निर्देशन मोना युएई का अध्यक्ष सुबास राम्जालीले गर्नु भएको छ भने छायांकन र सम्पादन निरोज लामाले गर्नु भएको हो । मार्मिक शब्द र संगितले भरिपूर्ण यस गीतमा प्रदिप सुबेदी, प्रकाश कार्की र सुस्मिता गुरुङ ले अभिनय गर्नु भएको छ । बिदेशमा बसे पनि आफ्नो मनमा अधुरो रहेको रहर पुरा गर्ने क्रम मा यो लोक गीत बनाएका सुबेदीले बताउनुभयो ।

‘‘ सिमिति स्रोत साधन र समयको सदुपायेग गरि म्युजिक भिडियो बनाईएको छ , आफ्नो देशमा जस्तो सरल तरिकाले भिडियो बनाउन त सम्भव रहेन, तर सकेसम्मको राम्रो बनाउने कोसीस गरेका छौँ’’–निर्देशक राम्जालीले भन्नुभयो । यो गीतको शब्द प्रदिप सुबेदिले लेख्नु भएको हो भने थेगो किसान भण्डारी र म्युजिक गायक झलक बिरही थापाले गर्नु भएको छ । गीतको म्युजिकि भिडियो दुबईमा छायांकन गरिएको हो ।

Leave a Reply