काठेखोला गाउँपालिका–२ भीमापोखरामा एक व्यक्तिले कोदालो प्रहार गर्दा ६ जना घाईते भएका छन् ।

भीमापोखराको दपासामा सोम किसानले सोमबार विहान सोहि स्थानका ८४ बर्षिय याम बहादुर केसी, ६५ बर्षिय विष्णुमति चापागाई, ३६ बर्षिय लक्ष्मी चापागाई, अमृत्त गौतम र ३८ बर्षिया देवी गौतम र उनको छोरा ६ बर्षिय अमृत्त गौतम र छोरी १९ विषया अनिता गौतमलाई कोदालो प्रहार गरि घाईते गराएको स्थानिय हेमलाल पौडेलले जानकारी दिनुभयो ।

घाईतेहरु ६ जनालाई नै धौलागिरी बागलुङमा उपचार लागि ल्याइएको छ । घाईते मध्य केसी र चापागाईद्वयको अवस्था गम्भिर रहेको र गौतमका आमा, छोरा र छोरी तीन जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

किसानले आईतबार रातीदेखि नै कोदालो, आँसी, बन्चारो समातेर सबैलाई मार्छु भन्दै हिडिरहेको थाहा पाएपनि सोमबार विहान घरमा पुगेर बाहिर बोलाउँदै सिधै कोदालो प्रहार गरि घाईते गराएको स्थानिय पौडेलले बताउनुभयो ।

किसानले बाटोमा हिडिरहेका सवैलाई ढुङ्गा हान्ने, गोठमा बाँधी राखेका बाख्रा, भैसीहरुलाई पनि धारिलो हतियार प्रहार गरेको स्थानियहरुले बताएका छन् ।

किसानलाई दोविल्ला प्रहरी चौकी अक्षेतेले नियन्त्रणमा लिएको छ । किसानलाई जिल्ला प्रहरी कार्यालय बागलुङ बजार पठाउने तयारी गरिएको दोविल्ला प्रहरी चौकीले जनाएको छ ।

Leave a Reply