अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बागलुङ घटनाः केसीको मृत्यु, गम्भिर घाईते दुई जनालाई पोखरा रिफर

On: February 15, 2021 12:53 PM
Follow Us:
---Advertisement---

काठेखोला गाउँपालिका–२ भीमापोखरामा कोदालो प्रहारबाट गम्भिर घाईते भएका ८४ बर्षिय याम बहादुर केसीको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार विहान स्थानिय सोम किसानले कोदालो प्रहार गर्दा गम्भिर घाईते भएका केसीको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो ।

यस्तै गम्भिर घाइते भएका विष्णुमति चापागाई र लक्ष्मी चापागाईलाई धौलागिरी अस्पताल बागलुङले पोखरा रिफर गरेको छ । उनीहरुको अवस्था गम्भिर भएकोले अस्पतालले पोखरा रिफर गरेको जनाएको छ ।

किसानले सोमबार विहान बाटोमा हिडिरहेका र स्थानियहरुको घरमा पुगेर बाहिर बोलाउँदै धारिलो हतियार प्रहार गरेको स्थानियहरुले बताएका छन् ।

किसानलाई दोविल्ला प्रहरी चौकी अक्षेतेले नियन्त्रणमा लिएको छ । घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका दोविल्ला प्रहरी चौकी अक्षेतेले किसानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउन लागेको जनाएको छ ।

किसानलाई जिल्ला प्रहरी कार्यालय बागलुङ बजार पठाउने तयारी गरिएको दोविल्ला प्रहरी चौकीले जनाएको छ ।