म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माविका जग्गादाता एवम् गाउँमा समाजसेवी हस्तराम पुनको उपचारमा १ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ। सार्कोमा नामक क्यान्सरबाट पीडित हुनुभएका पुनको उपचारमा थप सहयोग होस भन्ने अभियान अन्तरगत रु १ लाख १८ हजार बढी सहयोग गरिएको हो ।

विद्यालयको भवन बनाउन तथा विभिन्न समयमा आर्थिक सहयोग गर्नुभएका पुनको उपचारमा विद्यालयको अगुवाईमा सुरु भएको आर्थिक सहयोग सँकलन अभियानमा यु के, हङकङ र विद्यालयका शिक्षक तथा कर्मचारी साथै समितिबाट रु १ लाख १८ हजार ६ सय ७० रुपैयाँ रकम संकलन गरि हस्तान्तरण गरिएको प्रअ गुन पुनले बताउनुभयो ।

बिद्यालयलाई स्थायी रुपमा स्थापित गर्न २०५० सालमा १० रोपनी जग्गा दान गर्नुभएका पुनको ४ भाइ छोरा र ३ बहिनि छोरीहरु छन् । आर्थिक समस्याको कारण उपचार नगराउने परिवारको सल्लाह भए पनि सम्पुर्ण इष्टमित्रहरुको सहयोगले पुनको अहिले पोखरामा उपचार भैरहेको छ । पुनको उपचारमा अहिलेसम्म सबै क्षेत्रबाट करिब ५ लाख सहयोग जुटेको सो अवसरमा घरपरिवारको तर्फबाट जानकारी गराईएको थियो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनीलाल गर्वुजाको सभापतित्व, वडा सदस्य सबिता बर्देवाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पीडितको तर्फबाट बुहारी मैना पुनले सम्पुर्ण सहयोगीहरुलाई धन्यबाद दिनुभयो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा चिमखोले फेसबुक समुहको आयोजनामा चिमखोलामा सम्पन्न १–५ आधाभुत तह हाजिरी जबाफ प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरु जिया गर्बुजा, भुमीका बुद्धिजा र शिखा गर्बुजालाई सम्मान गरिएको थियो ।साथै दग्नाम स्वास्थ्य चौकीको जग्गा ब्यबस्थापन गर्न दग्नाम हाल दक्षिण कोरियामा कार्यरत यौमन गर्बुजा र रिम बहादुर गर्बुजाबाट २० हजार रुपैयाँ पनि स्वास्थ्य चौकी प्रमुख सुकमति गर्बुजा र स्वास्थ्य चौकी ब्यबस्थापन समितिको अध्यक्ष देव पुनलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply