प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमका विरुद्धमा काँग्रेस म्याग्दीले सोमबार बेनीमा बृहत जनप्रदर्शन गरेको हो । प्रधानमन्त्री ओलीलेगत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि काँग्रेसले त्यस यताकै सबैभन्दा शक्तीशाली विरोध प्रर्दशन गरेको छ ।

जिल्लाका सबै पालिकाबाट आएका कांग्रेसका नेताकार्यकर्ताले बेनीबजारमा विरोध सहित सरकार बिरुद्ध चर्का नारा समेत लगाएका थिए । प्रतिनिधिसभा विघटनको अघोषित सर्मथन गरेको आरोप खेपिरहेको कांग्रेसले निर्वाचनबाट नभाग्ने तर प्रतिनिधिसभा स्थापना नै पहिलो माग भएको भन्दै थप आन्दोलन गर्ने चेतावनी दिएको छ।

विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड,क्याम्पसचोक,अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो । सभामा जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका थिए । प्रतिकुल मौषमका कारण सभा प्रभावित भएपनि कांग्रेसले जिल्लामा आफ्नो शक्ती प्रर्दशन गर्न सफल भएको छ ।

नेपाली कांग्रेसले सदरमुकाम बेनीसँगै स्थानीय तहको वडावडामा पुगेर विरोधसभाको आयोजना गरिरहेको छ भने वडास्तरीय तरुण दल सहितका भात्रृ संगठन समेत विस्तारमा जुटेको छ । म्याग्दीमा कांग्रेसले निर्वाचनको तयारीको झल्को दिइरहेकको अन्य पार्टीका नेताहरुले बताइरहदाँ कांग्रेसले भने संगठन विस्तार, पार्टी प्रवेश सहितका अभियान नियमित र कार्यतालिका अनुसार भएको जनाएको छ ।

Leave a Reply