विकास र समृद्धिको तिर्खाले हामीलाई अत्याएको छ । विकसितमुलुकहरुको भौतिक समुन्नति र उन्नत समाजिकजीवनबाटलोभिएकाछौैं र उनीहरुलाई पछ्याउनलालायितछाँै । वास्तविकता के हो भने त्यो उन्नति समृद्धि रातारात प्राप्तभएको होइन ।

इतिहासको एउटाकालखण्डमाआजविकसित र समुन्नतमानिएकाभूभागकामानिसहरु हामी भन्दा गएगुजे्रेको अवस्थामाथिए । प्राकृतिक र मानवीयप्रलयका कारणले उनीहरुको मानवीय चेतनाजागेको थियो । खरानीको थुप्रोबाटवैभवको महलखडाभएको हो । उन्नतिप्रगतिदैवीउपकार वाइश्वरीय वरदानहोइन । त्यसको श्रेय मानवीयप्रयत्नलाई जान्छ । त्यो पुरुषार्थ मानव समाजकै हो भन्ने कुरा ती देशको इतिहासले बताउँछ ।

हालसम्म संरक्षण गरेर राखिएका पुरातात्विक सम्पदाहरुको अबलोकनबाटतत्कालीन समाजको समाजिकअवस्था र इतिहास जान्नबुझ्न सकिन्छ। कुनै पनि समाजको ऐतिहासिक पृष्ठभूमीको जानकारी विनावर्तमानअवस्थाको अन्तर्य बुझ्न सकिदैन ।विकासको उपयुक्त स्वरुप र बाटो बाहिरको अन्धनक्कलबाट फेला पर्दैन । सम्बन्धित समाजको ऐतिहासिक पृष्ठभूमि र विशेषताहरुको अध्ययनविश्लेषण गर्नुपर्छ ।

जब आफुलाई ठिकढंगले चिन्न सकिन्छ तब ठिकढंगले हिड्न सकिन्छ । इतिहास केवलविद्धानहरुको मात्रचासो र सरोकारमा सीमितहुनु हुदैन । त्यो आम सरोकारको विषयबन्नुपर्छ । र त्यसलाई सर्वसाधारण, किशोर तथायुवाहरुले समेत सहजअबलोकन र अध्ययन गर्न सकिने रुपमा प्रस्तूतगरिनुपर्छ । आफू, आफ्नो जाति समुदाय र आपूmजन्मे हुर्केका,े खाईखेलेको थातथलोकोवास्तविकअस्तित्व, चिनारी तथापहिचानलाई गहिरो गरी जान्ने, बुझ्ने, जाँच परख गर्ने र त्यसको ऐतिहासिकपाटोको न्यूनतमज्ञानहरेक सचेत नागरिकहरुमाहुनु जरुरी छ । इतिहासका पुस्तक, र पुरातात्विक सम्पदाहरु इतिहासको जानकारी लिने स्रोतहरु हुन ।

इतिहासलाई प्रभावकारी र सजिवरुपमा प्रस्तुत गर्ने एउटा सशक्तमाध्यम संग्रहालयपनिहो । चीनमापाँचहजार बर्ष देखिको लिखितइतिहास छ भनेर मानिन्छ । युरोप तथामध्यपूर्वतिर दुईतीनहजार बर्ष अगाडि देखिको व्यवस्थितअभिलेख पाईन्छ र पछिल्ला सहस्राब्धी देखिका धेरै मसिना कुराहरु पनि सुरक्षित गरिएकाछन् । राजनैतिक, आर्थिक, सामाजिक, र साँस्कृतिकविषयवस्तुहरुकाभूतकालीनतथ्यतथ्याँकहरु उपर निरन्तर खोज अनुसन्धानअध्ययनविश्लेषणहुने गर्छ ।

इतिहास, ऐहिासिकमहत्वका सामग्री र आँकडाहरुलाई अभिलिखित र संरक्षित गर्ने मामिलामा नेपाल, भारत लगायतदक्षिणएशियाली क्षेत्रको अवस्थाअत्यन्तदयनीय छ । हाम्रो इतिहासका कैयौ पाटाअंध्यारोमा छन् । यस क्षेत्रमातथ्यगतइतिहासको लेखन तथा संरक्षणभन्दा सत्य तथ्यदवाएर इतिहासको नाममा रहस्यमय, तिलस्मीकथा र किवंदन्ती लेख्ने लेखाउने परम्परा रहेको पाइन्छ । त्यसैको परिणामस्वरुपआफ्नो इतिहास खोज्न विदेशका पुस्तकालयतथा संग्रहालयहरुमाचाहर्नु पर्ने, विदेशीयात्रीहरुको लेखोटहरु खोज्नु पर्ने दयालाग्दो परिस्थिति छ ।

आफ्नो इतिहासप्रतिगहिरो अभिरुचि राख्ने, गौरव र सम्मानगर्ने विकसित समाजको चरित्र रहेको देखिन्छ । त्यो इतिहास र ऐतिहासिकताको संरक्षण सम्बद्र्धनको उच्च चेतको प्रतिफलहो ।विकसित समाजमापुरानाकला, संस्कृति, सभ्यताचिनाउने वस्तु वा सामग्रीहरुमात्र होइनःभावि पुस्तालाई वर्तमानअवस्थाको अनुभूतिदिलाउन, विगत देखि आगतसम्मकाजनजीवनलाई झल्काउने चीजबीजहरुको संभवभएसम्म संकलन गरी, जोगाएर राख्न, सजाएर प्रदर्शन गर्न संग्रहालयनिर्माण गर्ने पराम्परा रहेको देखिन्छ । उपयुक्त संग्रहालयको स्थापनाविनाजति सुकै गौरवशाली ऐतिहासिक पृष्ठभूमीभएतापनित्यो यात अँध्यारोमा छिपेको हुन्छ यात धरातलमा लुकेको हुन्छ ।

हामीमाआफ्नोे देश र गाँउठाउँको इतिहास र समुदायको साँस्कृतिक पराम्पराप्रतिचासो र अभिरुचिअवश्य छ तर त्यसको सहजजानकारीका स्रोतहरु दुर्लभ छन् । अप्राप्यछन् । हाम्रो समाजिकढाँचापरिवर्तनको मोडमा छ । हजारौ वर्षदेखि चलिआएको जीवनपद्धतितिब्र गतिमाबदलिंदै छ ।हालसम्मअस्तित्वमा रहेको हलो, आँसी, खुर्पेटो, ढिकी, जाँतोको प्रयोग जनजीवनबाटछिटै लोप हुने अवस्थामाछन् । तोरी, उखु पेल्ने कोलहरु, घुमाउने घर, भोटे ताल्चा हराई सकेको अवस्था छ।

सबै पुराना कुरालाई व्यवहारमा निरन्तरतादिन संभवपनिहुदैन तर पुर्खाहरुको जीवनचरित्रको झलकदिने त्यस्ता सामग्रीहरुलाई संग्रहालयमा सुरक्षित राखिदिनु पर्छ । विकसितमुलुकहरुतिर त्यस किसिमका संग्रहालयहरु प्रसस्त देखिन्छन्। हरेक गाउँ र शहरहरुमाएउटा न एउटा संग्रहालयअवश्यहुन्छ र बच्चातथाकिशोर किशोरीहरुलाई विद्यालयतथाअविभावकहरुले घुमाउने, देखाउने र तिनको बारेमा विस्तारमा जानकारी दिने गरेको पाईन्छ । विकास भनेको सुविधाको अभिवृद्धिमात्रहोईन, सूचनाको स्रोत र अवसरको उपलब्धतापनिहो ।

हामी संसार देख्न सक्ने तर आफ्नो बारेमा लेख्न नसक्ने अवस्थामाहुनु हुदैन ।बितेका कुराको मात्रहोइनचालु अवस्थामा रहेका महत्वपूर्ण विषयहरुको पनिव्यवस्थितअभिलेखन र संरक्षणहुन जरुरी हुन्छ । राष्ट्रवा समुदायको वास्तविकअस्तित्व र चिनारीलाई उजागर गर्न भव्य संग्रहलयअथवाम्यूजियमको उपस्थितिअपरिहार्य छ ।

पर्वत राज्य तथा पुलाहश्रम क्षेत्रको ऐतिहासिक गरिमा
म्याग्दी जिल्लाको बेनीनगरपालिकाअन्तर्गत पर्ने प्राचीनपुलाअर्थात पुलाहश्रम क्षेत्रको राजनैतिक, सामाजिकतथा साँस्कृतिक इतिहास आफैमा गौरवशाली छ । यो पुराण प्रसिद्ध ऋषि पुलस्त्यर पुलह  लगायतका चर्चित पात्रहरुको तपोभूमीको रुपमाप्रख्यात छ । साथै नेपालएकिकरणपूर्व चौबीसे मध्येको प्रभावशाली राज्यपर्वतको राजधानी क्षेत्र पनिहो । तत्कालीनपर्वत राज्यविभिन्नजातीय समुदायहरुकोे पुरानो आवादीमानिन्छ । करीब आठसय वर्ष अघि नै यस क्षेत्रमा खस आर्यसमुदायको आगमनभएको र रैथाने जनजाति समुदायसंग मिलेर बस्दै आएको छ ।

योशायद नेपालमै दूर्लभ इतिहास भएका क्षेत्र मध्यमा पर्दछ । नेपालको मानक नेपालीभाषाको रुपमा स्थापितपर्वते भाषिकातथाबोलीको उद्गम क्षेत्र समेत यहीमानिन्छ । यसकाअन्य धेरै महत्वपूर्ण पक्षहरु छन् जसले यस क्षेत्रको ऐतिहासिक गरिमालाई पुष्टिगर्दछन् । तर त्यो गरिमामयइतिहास दविएर लुप्तप्रायःअवस्थामापुगेको छ ।

यस क्षेत्रको इतिहासको खोज अनुसन्धान र लेखनको प्रयासहरु पनिविभिन्नविद्धानहरुबाटभइरहेका छन् । भविष्यमापनिहुँदै रहने छन् । तर उपलब्धभएसम्म ऐतिहासिकप्रमाणहरु र पुरानो जमानाको झल्को दिने सामग्रीहरु संग्रह गर्ने, संरक्षण गरेर सहज रुपमाप्रत्यक्षअबलोकन गर्ने र जान्नबुझ्न सकिने सुविधाको व्यवस्थाहुनुको छुट्टै महत्वहुन्छ । मूर्त र प्रत्यक्षप्रमाणविनाको कागजीइतिहास फिका र खोक्रो ठहरिन्छ । तसर्थ यस क्षेत्रको गौरवपूर्ण इतिहास तथा परम्पराको मूर्त प्रस्तूुतिको निम्ति संग्रहालयको स्थापनातथानिर्माणको आवश्यकताको बोध हाम्रो समाज र वर्तमान पुस्तालाई हुनु जरुरी छ ।

वृहदपर्वत राज्य संग्रहालय को आवश्यकता र महत्व 
यस क्षेत्रको ऐतिहासिक पृष्ठभूमि र सभ्यताविशिष्ट र गरिमामय छ । यसको गरिमा गौरव राष्ट्रियमात्रहोइनअन्तराष्ट्रियमहत्वको समेत छ भनेर दावी गर्ने आधारहरु छन् । तर यसको सत्य,तथ्य र रहस्यको अल्पजानकारी केहीव्यक्ति र खोजकर्ताहरुमामात्रसीमित छ । आमजनमानस र नयाँपुस्तासम्मत्यो ज्ञान हस्तान्तरित हुन सकेको छैन । आमजनता र नयाँ पुस्ता त्यस अर्थमा अन्धकारमै छ । इतिहास, संस्कृतितथा सभ्यताकाविविधआयामहरुलाई सुव्यवस्थित रुपमाउजागर गर्न एक सुविधायुक्त संग्रहालयको स्थापनागर्न आवश्यक छ । समकालिन परिवेशमा संग्रहालय स्थापनाको महत्वलाई यस प्रकार मनन गर्न सकिन्छ

क. छाँयामा परेको तथा हराउनथालेको यस क्षेत्रको राजनैतिक,सामाजिकतथा साँस्कृति सभ्यता र इतिहासकातथ्यप्रमाणहरुको खोज, संकलन र संरक्षणहुनेछ ।
ख. वर्तमानतथाभावि पुस्ताले स्थानीयइतिहास र मौलिक सभ्यताको सम्बन्धमासहज रुपमातथ्यसंगतअमूल्यज्ञानप्राप्त गर्नेछन्। नयाँ स्थानतथा परिवेशमाहुर्किरहेको सन्ततिहरुले पनि, आफ्ना बाबुबाजे तथापुर्खाहरुको इतिहास, सस्कृति र जीवनपद्धतिको सहजजानकारी लिने अवसर पाउने छन् ।
ग. यस क्षेत्रको ऐतिहासिकमहत्व र सम्पदाको प्रत्यक्ष दृश्यावली र प्रमाणहरु एकै थलोमा अवलोकन गर्न सकिने हुनाले यस क्षेत्रबाटबसाई सरेका वाकुनै रुपमापुर्खौली सम्बन्धहुनेहरु, देश विदेशकाअन्य नेपालीहरुका साथै विदेशीहरुमा समेतयस क्षेत्र प्रतिचासो, जिज्ञासा र अभिरुचिबढ्ने छ ।
सामाजिक, साँस्कृतिकतथा ऐतिहासिकपक्षको एकमुष्टजानकारी प्राप्तहुनसक्ने स्मारक स्थलवा संग्रहालय सामाजिकअध्ययनको प्रभावकारी स्रोत हुन सक्ने हुँदा देशभरका शिक्षक, विद्यार्थी र अनुसन्धाताहरुको शैक्षिकभ्रमणको लागि यो आकर्षक गन्तव्यबन्न सक्ने छ,।धार्मिक, ऐतिहासिकतथाप्राकृतिकआकर्षणको दुर्लभ संयोगको निर्माणहुने हुँदाआन्तरिक तथाबाह्य पर्यटकहरुलाई आकर्षित गरी पर्यटनउद्योगकोप्रबर्धनमा समेत योगदान पु¥याउने छ ।
. राष्ट्रियतथाअन्तर्राष्ट्रियमहत्वको संग्रहालयतथा स्मारक निर्माणहुन सक्दा यस क्षेत्र र यहाँकाबासिन्दाहरुकोप्रतिष्ठा र गौरव उच्चहुने छ ।