????????????????????????????????????

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । जिल्लाको बेनी नगरक्षेत्र बाहिर गाउँपालिका स्तरमा कालोपत्रे गर्न सुरु भएको पहिलो योजनामा गण्डकी प्रदेश सरकारको शसर्त अनुदान १ करोड र गाउँपालिकाको १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र तथा स्तरोन्तीको काम सुरु भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाका अनुसार बावियाचौर बजार क्षेत्रको करिब ६ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्रे गर्ने सम्झौता भएको छ । गत बर्ष नै सम्पन्न गर्ने लक्ष्य रहेपनि कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसंगको सहमतीमा म्याद थप गरि सम्पन्न गर्न लागिएको उनले बताए ।

kamalkhatri

सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रविन सापकोटाले सडकको अधिकाँश स्थानमा स्टिमेटभन्दा बढी साढे ४ मिटर फराकिलोसम्म सडक कालोपत्रे गरिएको बताए । कालोपत्रे योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामाग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भैरहेको गाउँपालिकाले जनाएको छ । कालोपत्रे योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालाहरुले समेत नियमित रुपमा निगरानी गरिरहेको इन्जिनियर सुजन पौडेलले बताए ।

????????????????????????????????????

Leave a Reply