आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहारको गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्गस्थित दरबाङ ईङलीस बोर्डिङ स्कुलका पुर्व प्रधानाध्यापकले एक छात्रालाई जवरजस्ती करणी गर्न खोजेको  भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

लामो समयदेखि विद्यालयमा कार्यरत शिक्षकले विद्यार्थीलाई मदिरा सेवन गरेको अवस्थामा यौनजन्य हर्कत गरेको आरोपमा म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी नायव उपरीक्षक श्याम राईले बताए ।

‘अनुसन्धान अगाडी बढेको छ, बालिकाको स्वास्थ्य परीक्षणको रिर्पोट पनि आएको छ’ प्रनाउ राईले भने । उनले घटनामा संलग्न शिक्षक प्रकाश लामाले उक्त समयमा मदिरा सेवन गरेको अवस्थामा रहेको प्रारम्भीक अनुसन्धानबाट पुष्टी भएकाले थप अनुसन्धान अगाडी बढाइएको बताए । पीडित बालिकाको अवस्था समान्य रहेको छ ।

पक्राउ परेका शिक्षकलाई जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि आरोपीलाई जबरजस्ती करणी उद्योगमा मुद्दामा अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका शिक्षकले रक्सीले मात्तिएको अवस्थामा रहेका स्विकारेका छन् भने जवरजस्ती करणीको प्रयास नगरेको बताएका छन । घटनाको निस्पक्ष छानविनका लागि विद्यालयले समेत सघाउने प्रतिबद्धता जनाइसकेको छ ।

 

Leave a Reply