म्याग्दी जेसीजका थापा नेपाल जेसीजको नेशनल युथ प्रोग्राम चेयरपर्शनमा चयन

म्याग्दी जेसीजका बर्ष २०१९ का अध्यक्ष खम थापा मगर नेपाल जेसिजको नेशनल युथ प्रोग्राम चेयरपर्शन (राष्ट्रिय युवा कार्यक्रम अध्यक्ष) मा चयन हुनुभएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले थापालाई उक्त पदमा मनोनीत गर्नुभएको हो ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय जेसिजले हरेक बर्ष युवाहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु ल्याउने गरेको छ । थापा म्याग्दी जेसिजको वर्तमान कार्यसमितिको कानुनी सल्लाहकार समेत रहनुभएको छ । यस बर्ष नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दी जेसिजका निवर्तमान अध्यक्ष सुजन बरुवाल निर्वाचित हुनुभएको थियो ।