बेनी नगरपालिका-९ घतान काउँलेगौडाका ६ बर्षिय ब्लड क्यान्सर पिडित बालक शिभम चोखालको उपचारमा अमेरिकबाट दुई लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ । काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ चोखाललाई अमेरिकामा रहेका बेनपा-९ का बिनय खत्री र भिम केसीले २ लाख ९ हजार १५७ रुपैयाँ सहयोग जुटाएका हुन्। उक्त सहयोग रकम विनोद केसीमार्फत बिरामीका बुबा रतन चोखाललाई हस्तान्तरण गरिएको छ । बालकको आमाको छ महिना अगाडी करेन्ट लागेर मृत्यु भएको र परिवारको विपन्नताका कारण उपचारमा आर्थिक समस्या देखिएको थियो । एक्कासी बिरामी भएपछि चेकजाँच गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि थप उपचारका लागि आर्थिक आवश्यकता रहेको काउलेगौडा युवा कल्बले जनााएको छ । हालसम्म स्वदेश तथा विदेशबाट १५ लाख आर्थिक संकलन भएको छ । उपचारमा २० लाखभन्दा बढी लाग्ने चिकित्सकले बताएको अभियानका विदेश संयोजनकर्ता दिनेश बस्नेतले बताए ।

Leave a Reply