बेनी नगरपालिका–७, महारानीथानमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले आफ्नो ३१औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा विद्यार्थी, अभिभावक र शिक्षक तथा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विद्यार्थी तथा अभिभावकको खेलकुद, मन्टेश्वरीका सानासाना नानीबाबु र अभिभावक खेलकुदमा सहभागीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । यसैगरी गतवर्ष एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान गरिएको छ ।

त्यस्तै विद्यालयमा १० वर्षभन्दा बढी निरन्तर रुपमा सेवा प्रदान गरेका शिक्षक तथा कर्मचारीलाई कदरपत्रले सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजु केसीले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अभिभावक नवराज शर्मा र किरण सापकोटाले मन्तव्य राखेका थिए ।कार्यक्रम विद्यालयका अध्यक्ष चन्द्रकुमार केसीको अध्यक्षता, भाइस प्रिन्सिपल खुमबहादुर केसीको सञ्चालन, शिक्षक रामप्रसाद सुवेदी र विद्यार्थी प्रतिक्षा पुनको स्वागतमा सम्पन्न भएको थियो ।

Leave a Reply