म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोटका दुई मृगौला पीडितलाई यूकेबाट चारलाख भन्दा बढी आर्थिक सहयोग गरिएको छ ।

आर्थिक अभावका कारण नियमित उपचार तथा औषधी सेवनमा समस्या झेल्दै आएका २५ बर्षिय सुरेश पुनमगर र ३२ बर्षिया चित्रबहादुर पुनलाई निस्कोट हाल यूकेमा रहेका समाजसेवी खिमबहादुर पुनको अगुवाईमा संकलन भएको ४ लाख ३० हजार २ लाख १५ हजार हस्तान्तरण गरिएको हो।

विपन्नताका कारण उपचारमा समस्या भएपछि कोरोनाको जोखिमका बिच विभिन्न माध्यमबाट सहयोग संकलन गरी पीडितलाई हस्तान्तरण गरिएको संयोजनकर्ता खिमबहादुरले बताए ।

‘उहाँहरुको आर्थिक अवस्था नाजुक छ,‘यो अभियानमा साथ दिने सबैलाई धन्यवाद’ खिमबहादुरले भने । निस्कोटबासीले दुबै पीडितलाई विभिन्न देशबाट सहयोग समेत पठाएका छन् ।

काठमाण्डौ स्थित शुमेरु अस्पतालमा उपचारर्थ सुरेश र पोखराको पश्चिमाञ्चल अस्पतालमा डाइलासिस गरिरहेका चित्रबहादुर पुनले उक्त सहयोगले उपचारमा सहज हुने बताए ।

पोखरामा बिमल पुनले सहयोग हस्तान्तरण गरेका थिए भने काठमाण्डौमा सकबहादुर बुढाथोकीले सहयोग हस्तान्तरण गरेका थिए ।

‘आर्थिक अभावकै कारण अव मर्नुपदैन जस्तो भएको छ,‘मृगौला प्रत्यारोपण भए नियमित काम गरेर गुजरा चलाउनुहुन्थ्यो’ चित्रबहादुरले भने ।

उनले उपचारको चरणमा बेनीअनलाइनबाट आफ्नो र परिवारको अवस्थाका बारेमा समाचार प्रकाशित भएपछि छोराछोरीको निशुल्क शिक्षा सहित आफ्नो उपचारका लागि समेत सहयोग जुटेको बताए ।

यता सुरेशले स्वदेश तथा विदेशमा रहेका निस्कोटबासीको पहलमो नयाँ जीवन पाउने वातावरण बनेको बताए । ‘मैले पैसा कमाउनुपर्नेमा रोग लिएर आए, परिवारमा ठुलो बज्रपात परेको छ,‘अव बाँचेर केही गर्ने हिक्मत पलाएको छ’ उनले भने ।

दुबै पीडित बैदेशिक रोजगारीको शिलशिलामा दुई बर्ष अघि मात्र खाडीमुलुकबाट फर्किएका थिए । चित्रबहादुरकी श्रीमतिले दोस्रो विवाह गरेपछि छोराछोरीको बिचल्ली भएको थियो ।

मृगौला पीडितले प्रत्यारोण अगाडी नियमित डायलासिस गर्न, महंगो इन्जेक्सन सहितका औषधीको प्रयोग गर्नुपर्ने भएकाले विपन्नलाई आर्थिक सहायता विना उपचार सम्भव छैन् ।

Leave a Reply