बेनी नगरपालिका-८, मा सडक कालोपत्रे र मर्मत गरिएको छ । वडा कार्यालयले बिनियोजन गरेको १० लाख बजेटबाट क्याम्पसचोक, शिक्षामार्ग, अस्पताल चोकमा २ सय ३० मिटर सडक कालोपत्रे र आवश्यक ठाउँमा मर्मत गरिने हो । पुरानो कलोपत्रे उप्किएपछि दुर्घटनाको जोखिम बढेसँगै मर्मत र आवश्यक ठाउँमा थप गरी विस्तार गरिएको वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए।

‘खाल्टाखुल्टीले दुर्घटनाको जोखिम बढेको थियो,‘वडास्तरबाट आएको योजनामा बजेट विनियोजन गरिएको हो’ अध्यक्ष बराईलीले भने । विटुमिन प्रविधिको प्रयोग गरिएकाले करिब ५ बर्ष सडक पुनः मर्मत गर्न नपर्ने भएकाले मापदण्ड अनुसारको काम गर्ने गरी निगरानी समेत बढाइएको नगरपालिकाका सव–इन्जिनियर अर्जुन थापाले बताए ।

नगरपालिकाले बेनीबजारभित्र कालोपत्रे उप्किएको ठाउँमा मर्मत गरेपनि अन्य कालोपत्रे सहितका योजनाहरु नभएको जनाएको छ । वडा कार्यालयलाई विनियोजन गरिने बजेटबाटै मर्मत तथा आवश्यक स्थानमा विस्तार गर्ने गरिएको नगरपालिकाले जनाएको छ । विगतमा बेनीबजारमा गरिएको कालोपत्रे कमसल र गुणस्तरहिन भएकाले  मर्मत गर्नुपरेको छ ।

मुस्किलले ११ किलोमिटर पुर्ण कालोपत्रे छैन्

बेनीबजार आसपासका क्षेत्रमा १७ बर्षमा मुस्किलले ११ किलोमिटर सडक समेत कालोपत्रे हुन सकेको छैन्। छिमेकी जिल्ला बागलुङ र पर्वतका ग्रामिण सडक समेत धमाधम कालोपत्र हुदाँ म्याग्दीमा सदरमुकाम,बेनी–गलेश्वर र रत्नेचौर– बेनी खण्ड मात्रै कालोपत्रे भएको छ भने नगरपालिका बाहिर मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा कालोपत्र सुरु भएको छ । कालोपत्रे गरिएको सडकको दुरी करिब ११ किलोमिटर भएपनि धेरै ठाउँमा अलपत्र छोडिएको छ ।

 

Leave a Reply