मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको विजेता खेलाडीलाई फागुन १२ गते बुधबार बेनीबजारमा भब्य स्वागत सहित सम्मान कार्यक्रम गरिदैं छ ।

प्रथम मुख्यमन्त्री कपको उपाधी जितेका खेलाडीलाई हौसला प्रदान गर्न जिल्ला भलिबल संघले स्वागत सम्मान सहित सदरमुकाम बेनी बजार परिक्रमा गराउने र विभिन्न सरकारी तथा गैरसरकारी संस्था, विद्यालयले समेत सम्मान गर्ने कार्यक्रम तय भएको संघका उपाध्यक्ष एवम् प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो ।‘सबैलाई एकैठाउँमा जोड्ने खेलकुद नै हो,‘आज आफ्नो ठाउँबाट सम्मान कार्यक्रममा सहभागी भई खेलाडीको हौसला बढाइदिनुहोला’ बानियाँले भन्नुभयो।

बेनीबजार परिक्रमसँगै जिसस भवनमा सम्मान कार्यक्रम हुने छ भने जिल्ला प्रहरी कार्यालय, जिससले समेत छुट्टै सम्मान कार्यक्रम गर्ने तयारीमा रहेको संघले जनाएको छ । पञ्चेबाजा घन्काउदै बिरेन्द्रचोकबाट बेनीबजार परिक्रम गराइने छ । मुख्यमन्त्री कप भलिबल प्रतियोगिता जितेर जिल्लाको शीर उच्च भएको र भलिबल खेलमा म्याग्दीलाई थप अवसर मिल्ने खेल क्षेत्रका जानकारहरु बताउँछन् ।

पोखरा रंगशालामा शनिबार सम्पन्न खेलमा म्याग्दीले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै उपाधी रक्षा गरेको थियो भने पुरुषतर्फ म्याग्दी सेमिफाइनबाट बाहिरिएबो थियो ।

उपाधीसंगै दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा कप्तान अरुणा शाही सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षक बानियाँ उत्कृष्ट प्रशिक्षक र कमला पुन उत्कृष्ट सर्भर घोषित हुदैं जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त समेत गर्नुभएको थियो । *भोली हुने कार्यक्रम अन्यथा भएकाले सच्चाइएको छ ।* स.

Leave a Reply