प्रचण्ड-नेपाल नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय वदर गरेर जनताको पक्षमा फैसला गरेको बताउनुभएको छ । लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने गरी भइरहेको चलखेललाई अदालतले उल्टाइदिएको बताउँदै न्याय र सत्यको पक्षमा फैसला आएकाले अव प्रतिगमन बिरुद्धको आन्दोलन सकिएको अध्यक्ष पौडेलको भनाई छ ।

प्रतिनिधिसभा पुर्नस्थापनाको फैसलापछि बेनीअनलाइनसँग छोटो कुराकानी गदैं अध्यक्ष पौडेलले अब राजनीतिक कोर्स पुरानै दिशातर्फ फर्किने बताउनुभयो । ‘अब नेकपाको यात्रा पुरानै हुन्छ,‘हामीले म्याग्दीमा पनि विजय उत्सव मनाउँछौ,‘देशभरको माहोल फकिन्छ’ पौडेलले भन्नुभयो ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजित सभामा सहभागी भएर फर्किदै गरेको नेकपाको टोलीले समेत यो फैसलाको खवरले राजनीतिक यात्रालाई थप मजबुद बनाएको भन्दै खुसीयाली मनाएको छ । प्रतिनिधिसभा विघटनसँगै म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल समुहले निर्णयको पक्ष र विपक्षमा आफ्नो अभियान सञ्चालन गरिरहेका छन् । म्याग्दीमा बुधबार विजय उत्सव मनाउने तयारीमा समेत प्रचण्ड–नेपाल टोली जुटेको छ ।

Leave a Reply