सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना गर्ने फैसला भएपछि नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहको यूवा संघ नेपाल र अनेरास्ववियू म्याग्दीले खुसीयाली मनाएको छ ।

सर्वोच्चको फैसला आउँदा वित्तिकै विरेन्द्रचोकमा दीप प्रज्वलन गरिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा रहेको ५ सदस्यीय संवैधानिक इजलासले संसद पुनःस्थापनाको फैसला गर्दै १३ दिन भित्र संसद वैठक बोलाउन आदेश दिएपछि खुसीयाली मनाएको यूवा संघ नेपालका सह-अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । उत्सवमा अनेरास्ववियू म्याग्दीका सह-अध्यक्ष रेशम कटुवाल क्षेत्री,अनेमासंघकी जिल्ला अध्यक्ष ज्योती लामिछाने लगायतको उपस्थिती रहेको थियो । प्रचण्ड–नेपाल समूहलृ बुधबार विजय उत्सव सहितका कार्यक्रम गर्ने जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेको थियो। राष्ट्रपति भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि नेकपा विभाजन भएपछि पक्ष र विपक्षमा आन्दोलन जारी थियो ।

Leave a Reply