नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले म्याग्दीको सदरमुकाम बेनीमा सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागत गर्दै विजय उत्सव मनाएको छ ।

बेनीबजार बजार परिक्रममा गरी विरेन्द्रचोकमा आयोजित कार्यक्रममा प्रदेश कमिटीको अध्यक्ष हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक यात्रा सकिएको बताउँदै राजिनामा दिन माग गर्नुभएको छ ।‘अव ओलीको राजनीति आयू सकियो, नयाँ सरकारका लागि बाटो खुल्ला गरिदिनुपर्छ’ पाण्डेले भन्नुभयो । सोही अवसरमा नेकपाका जिल्ला सचिव बालकृष्ण सुबेदीले म्याग्दीमा ओली पक्षको बाहिरी आवरण मात्रै ठूलो देखिएपनि भित्र केही नभएको बताउनुभयो ।‘पूर्व एमालेको ठूलो हिस्सा हामीसँग छ,‘अझैपनि कमरेडहरुलाई मुल बाटोमा फर्किन अनुरोध छ’ सुबेदीले भन्नुभयो।विजय सभामा नेकपाका अध्यक्ष गोविन्द पौडेलले जिल्लाभित्र नेकपाका पुराना कार्यकर्तालाई घर फर्किन अनुरोध गर्नुभएको छ । उहाँले अब ओलीको पक्षमा लागेर आफ्नो राजनीतिक भविस्यलाई समाप्त नगर्न समेत अनुरोध गर्नुभयो । सर्वोच्च अदालतको फैसलासँगै ओली सेटिङको युग सकिएको समेत नेकपाका नेताहरुको भनाई छ ।प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको थियो ।

एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव–प्रचण्डले गरेका छन्। अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रचण्ड–नेपाल समूहले खुशीयाली मनाइरहेका छन भने ओली पक्षले आफ्नो नियमित कार्यक्रमहरु स्थगित गरेका छन् ।

Leave a Reply