सुबास लामिछाने/हरेक वर्ष मनशुन शुरु भएसंगै अवरुद्ध हुने पर्वतका ग्रामिण सडकको समस्या आगामी वर्षदेखि समाधान हुने भएको छ । पर्वतको पुर्वाधार विकास तथा सडक डिभिजन कार्यालयले पर्वतका सबैजसो खोलाहरुमा पक्की पुल निर्माण थालेपछि ग्रामिण सडकको यात्रा अब बाह्रै महिना सहज हुने भएको हो । गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पु¥याउने लक्ष्यसाथ अघिल्लो वर्षदेखि शुरु भएका सबैजसो पक्की पुल आउँदो २०७८ साल असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केहि पुल अघिल्लो वर्ष नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पुर्वाधार कार्यालयले जनाएका छन् । कार्यालयका अनुसार अघिल्लो वर्ष फलेबास नगरपालिकाको अर्चले भंगरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । पुर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरव दास बैरागीका अनुसार पर्वतको मोदी गाउँपालिका १ तथा कास्कीको अन्नपुर्ण गाउँपालिका ९ जोड्ने भुरु»्दीखोला पुल निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगिसकेको छ । बैरागीका अनुसार ११ करोड ७० लाख ३ हजार १ सय रुपैयाको लागतमा जिल्लामा ५ वटा मोटरेवल पुलहरु बन्दैछन् । जुन २०७८ साल असारभित्रै सम्पन्न हुने तयारीमा छन् । जसमा मोदी गाउँपालिका १ तथा कास्कीको अन्नपुर्ण गाउँपालिका ९ जोड्ने भुरु»्दीखोला पुलको कुल लागत २ करोड ५२ लाख २० हजार २६ रुपैयाँ रहेको छ । कास्कीको नयाँपुल हुँदै म्याग्दीको घोडेपानी सम्म पुग्ने सडकमा यो पुल निर्माण भएपछि देशीबिदेशी पर्यटकको यात्रामा सहज हुने भएको हो ।

त्यसैगरी पैयुँ गाउँपालिका ७ मा निमार्णाधिन शेराखोला मोटरेवल पुलको कुल लागत २ करोड ८० लाख ४३ हजार १ सय ४० रहेको छ । पैयुँ ४ मा निर्माणको चरणमा रहेको गेडीखोलाको कुल लागत १ करोड ९८ लाख रहेको छ । त्यस्तै मर्दीखोला १ करोड ७३ लाख ९० हजारको लागतमा निमार्णको चरणमा रहेको छ भने शिव्दीखोला मोटरेवल पुल २ करोड १७ लाख ८ हजारको लागतमा निर्माणको अन्तिम चरणमा रहेको कार्यलयका ईन्जिनियर लोकेश राईले जानकारी दिनुभयो । कार्यालयका अनुसार चालु वर्ष नै सक्नेगरि तिब्र रुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७० प्रतिशत नाघिसकेको छ । कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार भुरु»्दीखोला पुलको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै शेराखोला, गेडीखोला, मर्दीखोला र शिव्दीखोलाको काम तिब्र गतिमा अगाडि बढीरहेको छ । लकडाउन लगत्तै केहि समय कोभिडले समस्या प¥यो, उहाँले भन्न्ुभयो, नत्र अहिलेसम्म सबै पुल सकिइसक्थे । तर, पनि हामीले चालु वर्षभित्रै सक्नेगरि काम गरिरहेका छौं । शेराखोला र गेडीखोला पुल निर्माणको जिम्मा लिएको वाई एसएस निर्माण कम्पनीका प्रतिनिधि यज्ञबहादुर थापाका अनुसार गेडीखोला पुल एक केहि हप्ताभित्रै सम्पन्न हुदैछ । पछिल्लो २ महिना तिब्र रुपमा काम भएको छ । सडक डिभिजन कार्यालय बागलु»का अनुसार पर्वतका ग्रामिण सडकलाई सहज हुनेगरि चारवटा पक्की पुल निर्माणको चरणमा छन् ।

चारमध्ये मोदी गाउँपालिका ५ बाजुङ र कुश्मा नगरपालिका ३ दुर्लुङ जोड्ने अम्बोटखोला पुल निर्माण सम्पन्न भइसकेको छ । रसुवा कन्स्टक्सनले जिम्मा लिएको अम्बोटखोला पुल चार करोड १८ लाखमा निर्माण सम्पन्न भएको डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार मोदी गाउँपालिका ६ तिलाहार स्थीत रतिखोला पुल पनि सम्पन्न भईसकेसंगै उद्घाटन पनि गरिएको छ जुन ७० मिटर लामो रहेको छ । १० करोड ४६ लाखको कुल लागतमा सो पुल निमार्ण सम्पन्न भईसकेको हो । रतिखोला पुलले मोदी गाउँपालिका ६ स्थीत तिलाहारलाई वडा नम्बर ७ राम्जा र वडा नम्बर ८ चित्रेका दुई गाउँलाई जोड्छ । दुबै गाउँहहरु पुग्ने मोटरेबल पुलमा अब बाह्रै महिना सडक सञ्चालन हुने स्थानीयबासीको अपेक्षा छ ।

त्यस्तै कुश्मा नगरपालिका २ स्थीत रिठेखोला पुलको कुल लागत ४ करोड ८० लाख रहेको छ । जुन निमार्णको अन्तिम चरणमा रहेको छ । पर्वतको फलेबास र बागलु»को जैमिनी नगरपालिका जोड्न कालीगण्डकी पुल निर्माणको चरणमा छ । जसको कुल लागत झण्डै १२ करोड रहेको डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार रिठेखोला र कालीगण्डकीको पुल निर्माण भइरहेका छन् । निर्माणाधिन मध्ये कालीगण्डकीको पुलका लागि आगामी एक वर्ष लाग्नसक्ने उहाँले बताउनुभयो । ग्रामिण सडकमा निर्माण हुने यि करिव एक दर्जन पुलले सबैजसो मुख्य बस्तीलाई समेट्छन् । विगतमा जेठको अन्तिम सातादेखि मंशीर सम्म अवरुद्ध हुने ग्रामिण सडक आउँदो वर्षदेखि बाह्रै महिना सञ्चालनमा आउने स्थानीयबासीको अपेक्षा छ । मनशुनसंगै दुध ढुवानी ठप्प हुन्थ्यो, फलेबास १० कुर्घाका किसान बुद्धीराम शर्माले भन्नुभयो, अब त्यो समस्या हट्नेभयो । चिर्दीखोलामा पुल निर्माणसंगै लमाय लु»्खु सडक कालोपत्रे शुरु भएपछि कुर्घा आसपासमा व्यवसायिक किसानको संख्या उल्लेख्य मात्रामा बृद्धी भएको छ । महाशिला ५ का अध्यक्ष एवं प्रबक्ता जिवन उचै ठकुरीले सडक सहज भए हिउँदमा फलफुल, खशीबोका तथा दुध उत्पादन ह्वात्तै बढ्ने दाबी गर्नूभयो ।

Leave a Reply