म्याग्दीका एक ट्याक्सी चालकले भेट्टाएको नगद सम्बन्धित व्यक्तिलाई नै फिर्ता दिएर इमान्दारिताको नमुना प्रस्तुत गरेका छन् । काठमाण्डौबाट फर्किने क्रममा बेनपा-२ बगरफाँटका दुर्गाबहादुर थापाको घ १ ज २ ७३६ नम्बरको ट्याक्सीमा छुटेको ७० हजार नगद सहितको कागजात बेनपा-४ सिंगा घरभई हाल कालिपुल बसपार्क बस्ने चालक महेन्द्र किसानले घरमै पुगेर बुझाउनु भएको हो ।

कालिपुलबाट ट्याक्सीमा चढ्नुभएका थापाको पैसा फर्किएर कालिपुल आउँदा देखेपछि तुरुन्तै घरमै लगेर दिएको चालक किसानको भनाई छ । ‘उहाँको फोन नम्बर थिएन्, ‘मैले कालिपुलबाट घरमा पु¥याएकाले सिधै गएर दिए’ चालक किसानले भन्नुभयो ।‘त्यो ठूलो धनराशीले मेरो मन पगाल्न सकेन, ‘हराउने मान्छेको खोजीमा लागे, केही बेरमै हस्तान्तरण गरे’ चालक किसानले भन्नुभयो ।

यसअगाडी पनि यात्रुको ट्याक्सीमै खसेको सामानहरु आफ्नै खर्चमा घरमै पुर्याइदिएको समेत चालक किसानको भनाई छ । चालकले खसेको पैसा घरमै ल्याइदिएपछि यात्रु थापाले धन्यवाद दिनुभएको थियो । ‘चालकको नम्बर पनि थाहा थिएन्, पैसा नभेटिन पनि सक्यो, इमान्दार चालक भएकाले घरमै ल्याइदिनुभयो’ थापाले भन्नुभयो ।

फेला परेको पैसा सुरक्षित र इमान्दारपूर्वक फिर्ता दिने चालकलाई सधै सम्मान गर्ने समेत थापाको भनाई छ । पछिल्लो समय इमान्दारिताका खडेरी लागेको बेलामा चालक किसानको कामले समाजलाई बलियो सन्देश दिएको छ । चालक बेनी यातायात ब्यवसायी समितिको हाँडेभीरका क्यू संयोजक समेत हुनुहुन्छ ।

 

Leave a Reply