म्याग्दीको मालिका गाउँपालिका–२ रुमको भिरखर्कका एक युवा अवैध लागूऔषध गाँजासहित बिहीबार परेका छन् ।भिरखर्कका ३४ वर्षीय होमबहादुर पुनलाई १२ किलोग्राम ८५० ग्राम गाँजा सहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले जानकारी दिनुभयो ।

गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले गाँजा र पुनलाई नियन्त्रणमा लिएको हो । घर तलासी गर्दा लुकाईछिपाई बोराभित्र हालेर बाख्राको खोरमा लुकाई राखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।  पुनलाई अदालतबाट म्याद थप गरेर  थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

 

Leave a Reply