बेनी नगरपालिका-४,डाँडाखेतकी ७४ बर्षिया पुतली किसानलाई दुई जना अपरिचित युवाले नक्कली सुनलाई सक्कली भन्दै ठगी गरेका छन् । सदरमुकाम बेनीबजारको विद्युत कार्यालयको तल्लो गल्लीमा सुन साटी दिने भनि सुनको ढिक्का दिएपछि बृद्धा किसानले कानमा लगाएको दुईवटा रिङ निकालेर दिईन् ।

करिब आधा तोलाको रिङ दिएपछि अपरिचित यूवाले पहेंलो धातुलाई सक्कली सुन भन्दै दिएपछि मख्ख पदैं घर पुगिन्। घरमा आफन्तलाई देखाउँदा नक्कली भएको जानकारी पाएपछि बृद्धा किसान छागाबाट खसेजस्तै भईन् । पीडितले फागुन १० गते दिउँसो १२ बजे आफूँ ठगिएको प्रहरीमा उजुरी गरेपछि घटना सार्वजनिक भएको थियो ।

पछिल्लो समय नक्कली सुनको ढिक्का देखाई दिउँसै सक्कली सुन लुटपाटको घटना बढ्दै गएको छ । भिडभाड र एकान्तमा बसेर बृद्धबृद्धालाई सुनको जस्तो देखिने ब्रास्लेट, सुनको जस्तो देखिने सिक्री र उक्त गहनाको बिलहरू देखाएर शरीरमा भएको सुन वा नगदले साट्ने गिरोह बेनीमा सक्रिय भएको अनुमान प्रहरीले गरेको छ ।

पुतली किसान

‘नक्कली सुन देखाई लुटपाट गर्ने तथा ठगी गर्ने गिरोहबाट सचेत हुनुहोला,‘शरीरमा लगाएको सुन साट्न खोज्ने प्रयास गरेमा तुरुन्तै जानकारी दिनुहोस्’ प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले भने।  ठगी भएको भन्ने सुचना हुनासाथ तत्काल प्रहरी पुग्न सक्ने स्थानमै पछिल्लो समय लुटपाट भइरहेको छ ।

विभिन्न् जिल्लामा घट्ने एकै किसिमको घटना बेनीमा समेत घट्न थालेकाले गिरोह म्याग्दीमा प्रवेश गरेको हुनसक्ने आशंक प्रहरले गरेको छ ।   यसअगाडी समेत ग्रामिण क्षेत्रबाट आएका बृद्धबृद्धालाई यसरी नै लुटपाट गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले सार्वजनिक सुचना नै जारी गरेको थियो ।

लुटेराहरूले अपनाउने गरेका प्रवृतिहरू ः–
१) मेरो बैकंमा यति पैसा फस्यो हजुरको सुन निकालेर दिनु मेरो पैसा निकालेसी हजुरलाई नगद पैसा थपेर सुन फिर्ता गरिदिन्छु ।
२) सुन जस्तो देखीने नक्कली सुनको डल्लो देखाई हजुर संग भएको सवै सुन जम्मा यति रहेछ यो सुन दिनु र यो सुनको डल्लो हो यसमा धेरै परिमाणको सुन छ भनि फकाई फुलाई गरी नक्कली सुनो डल्लो दिई सक्कली गर–गहना लिई फरार हुने गरेको ।
स्रोत जिल्ला प्रहरी कार्यालय

Leave a Reply