म्याग्दीको मालिका गाउँपालिका-३ रूम पात्लेबाट बिरामी बोकेर पोखरा जाँदै गरेको जीप दुर्घटनामा परेको छ । बेनी-दरबाङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका–४, तातोपानीको फाँपरखेत पहिरो नजिकैे बिहिबार राती ग १ ज ६७८८ नंम्बरको बोलेरो जीप दुर्घटना भएको हो। सडकबाट करिब ५० मिटर तल खसेको जीपमा सवार चालक सहित ५ जना घाईते भएका छन् ।

बरंजाको पखेर र तातोपानी बजारका स्थानीय सहित प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार गरेको तातोपानीका यूवा कुमार केसीले बेनीअनलाइनलाई जानकारी दिनुभयो । घाईतेमध्ये उपचारका लागि लैजाँदै गरिएको बिरामीको अवस्था सिकिस्त रहेको उद्धारमा खटिएको टोलीले जनाएको छ।

‘घाईतेलाई उपचारका लागि बेनी अस्पतालमा पठाइएको छ,‘जीप खसेको आवाज आएलगत्तै स्थानीय घटनास्थलमा पुगेका थिए’ यूवा केसीले भने । रुमबाट साझँ हिडेको जीपका चालक निस्कोटका ३२ बर्षिया नरबहादुर सिउथानी रहेका छन् ।

चालकको हातमा चोट लागेको छ भने बिरामी बाहेक अन्य तीनजनाको अवस्था खतरामुक्त भएपनि बेनी अस्पतालमा प्राथमिक उपचार पछी आवश्यक परेमा पोखरा रिफर गरिने बताइएको छ ।

दुर्घटनामा घाईते अन्य यात्रु समेत बिरामीका आफन्त भएको हुनसक्ने प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । ‘घटनास्थलबाट सिधै अस्पतालमा ल्याइएको छ,‘दुर्घटनाको कारण बुझ्दैछौ’ प्रनाउ राईले भन्नुभयो ।

Leave a Reply